इटहरीः इटहरी उपमहानगरपालिका वडा नम्बर २ शान्तिनगरमा एक युवकले छिमेकी ६५ बर्षीया बृद्धाको खुकुरी प्रहार गरि हत्या गरेका छन् । 

इटहरी प्रहरीका अनुसार स्थानीय छिमेकी युवक सन्तोष राईले सामान्य विवादमा छिमेकी ६५ बर्षीया मधुमाया पुरीको खुकुरी प्रहार गरि हत्या गरिएको हो । 

हत्यामा संलग्न राईलाई प्रहरीले पक्राउ गरिसकेको छ । बृद्धा महिलालाई खुकुरी प्रहार गर्ने क्रममा जोगाउन खोज्दा अर्की एक महिला पनि घाइते भएको र उनको धरान स्थित वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भईरहेको छ । घटनाको सबै विवरण आउन बाँकी नै छ ।