झापाः  जिल्लाको बुद्धशान्ती गाउँपालिका ५ का ४५ बर्षिय धन बहादुर कट्वालको हत्यामा संलग्न रहेका उनकै सालोलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्थानिय ३५ बर्षिय रोशन अधिकारी रहेका छन् ।

 कार्तिक २२ गते राती ११ बजे सालो भिनाजुको बिचमा घरायसी बिषयमा बादबिबाद हुँदा अधिकारीले कट्वाललाई खुकुरी र बाँसले टाउको र शरीरको बिभिन्न भागमा प्रहार गर्दा गम्भिर घाईते भएका कट्वाललाई उपचारकोलागी प्रादेशिक अस्पताल भद्रपुर लगीएकोमा उनको उपचारको क्रममा बिहिबार दिउँसो मृत्यु भएको हो । 

घटनाबारे जनाकारी पाउनासाथ ईलाका प्रहरी कार्यालय बुधबारे झापाबाट घटनास्थलमा खटिएको प्रहरीको टोलीले खुकुरी प्रहार गर्ने रोशन अधिकारीलाई तत्काल पक्राउ गरेको हो ।  घटना सम्बन्धमा अन्य थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।