इटहरीः इटहरी बजारबाट नक्कली नेपाली नोट सहित कारोवारमा संलग्नहरुलाई पक्राउ गर्नमा मुख्य भूमिका खेल्ने इलाका प्रहरी कार्यालय इटहरीमा कार्यरत प्रहरी सहायक हबल्दार बिनोद ओझा असोज महिनाको उत्कृष्ठ प्रहरी घोषित भएका छन् । 

असोज ४ गते इटहरी बजार क्षेत्रमा नक्कली नेपाली नोटको कारोबार भईरहेको सूचना पाएका ओझाले गो्प्य रुपमा छापा हानी २ जना कारोबारीलाई पैसा प्रिन्ट गर्ने मेसिन र नक्कली नोट सहित पक्राउ गर्न ओझा सफल भएका थिए । 

उनको नेतृत्वको टोलीले संखुवासभा पाँचखपन नगरपालिका वडा नम्बर ५ बस्ने विवेक राई र सोही जिल्लाको मकालु गाँउपालिका ५ का अजय राईलाई १ हजारका १६ बण्डल १५ लाख ८७ हजार नक्कली नेपाली नोट सहित पक्राउ गर्न ओझा सफल भएका थिए । 

387568351_325746070059083_6988662801014619695_n

त्यती मात्रै होइन, बिषेश सूचनाका आधारमा ओझा सहितको टोलीले इटहरीको सेन्टर प्लाजामा रहेको बरण्डा होटलबाट जुवा खेलीरहेका ३ जनालाई नगद सहित पक्राउ गरेका थिए । असोज १८ गते सो होटलबाट इटहरी ५ का दीपेन्द्र कार्की, अनिष दाहाल र रामकुमार गिरीलाई बाजी थापि जुवा तास खेलिरहेको अवस्थामा १ लाख ४९ हजार ५ सय ९० रुपियाँ नगद सहित पक्राउ गरि कानूनी दायरामा ल्याउन ओझाले महत्वपूर्ण भूमिका खेलेकाले कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले असोज महिनाको उत्कृष्ठ प्रहरीमा उनलाई घोषित गरेको हो । 

ओझा सँगै नगरप्रहरी कार्यालय त्रियुगा उदयपुरमा कार्यरत प्रहरी नायब निरिक्षक कमल बहादुर कार्की पनि उत्कृष्ठ प्रहरी घोषित भएका छन् । काकीैले असोज ३० गते त्रियुगा ५ मा आफ्नै श्रीमतिलाई खाना पकाउने राईस कुकरले हिर्काएर हत्या गर्ने पिटर राईलाई भारत तर्फ माग्दै गर्दा पक्राउ गरि कानूनी दायरामा ल्याएका थिए ।