इटहरीः घरबाट हराएकी भोजपुरकी ७ बर्षीया बालिका गुफाभित्र मृत फेला परेकी छन ।  

घरमा खेल्दाखेल्दै हराएकी भोजपुर आमचोक गाउँपालिका ६ थुन्कीका देवचन्द्र राईकी ७ वर्षीया छोरी आकृति शुक्रबार हराएकी थिइन् ।

प्रहरीको सहायतामा खोजतलास गर्दा घरभन्दा साढे एक किलोमिटर टाढा टेङलुङछुकस्थित जंगलको गुफामा मृत फेला परेकी हुन ।

बालिकाको शव गुफाको पानीमुनि तल्लो भागको कपडा खोलिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । उनलाई बलात्कार गरि हत्या गरिएको प्रहरीले आशंका गरेको छ । घटनाका बिषयमा गम्भिर ढंगले अनुसन्धान थालिएको भोजपुर प्रहरीले जनाएको छ ।