गतबर्ष फिल्म ‘प्रेमगञ्ज’ निर्देशन गरेर तारिफ कमाएका निर्देशक परिच्छेद सेनले नयाँ फिल्म निर्माणको घोषणा गरेका छन् ।

घटस्थापनाको अवसर पारेर उनले नयाँ फिल्म ‘महाराजधिराज’ निर्माणको घोषणा गरिएको हो । परिच्छेदकै लेखन रहेको यो फिल्मका प्रस्तुतकर्ता बिराज विष्ट हुन् । बिराजले यसअघि फिल्म ‘बुलाकी’ निर्माण गरेका थिए । यो फिल्मले चलचित्र विकास बोर्डले आयोजना गरेको ‘राष्ट्रिय चलचित्र पुरस्कार २०८०’मा विशेष फिल्मको अवार्ड समेत पाएको थियो ।

टोपेन्द्र विष्टको लगानीमा तयार हुने फिल्मले रोमान्टिक तथा सामाजिक कथा प्रस्तुत गर्ने निर्देशक सेनले जानकारी दिएका छन् ।

छत्रेश्वरी म्यानेजमेन्ट प्रालीको ब्यानरमा निर्माण हुने फिल्मको निर्माण घोषणासँगै प्रदर्शन मिति पनि तय गरिएको छ । फिल्मलाई वि.सं २०८१ सालको तिहारमा रिलिज गर्ने घोषणा निर्माणपक्षले गरेको हो । फिल्मका लागि कलाकार भने तय गरिएको छैन ।

फिल्ममा सह–निर्देशकको रुपमा काम गर्दै आएका परिच्छेदले ‘प्रेमगञ्ज’बाट आफूलाई एक सशक्त निर्देशकको रुपमा पुष्टि गरेका थिए । यसैले, उनको नयाँ फिल्मको प्रतीक्षा दर्शकमा छ । ‘महाराजधिराज’बाट दर्शकले आफूप्रति गरेको विश्वासलाई अझै बलियो तरिकाले प्रस्तुत गर्ने परिच्छेदले बताएका छन् ।

परिच्छेदले प्रेमगञ्ज अघि  ‘मोदर र स्ट्राइक’ नामका सट फिल्म पनि निर्देशन गरिसकेका छन् । यी दुबै फिल्मले दुई दर्जन अन्तरराष्ट्रिय अवार्ड समेत जितेका थिए । मेरो फिल्मबाट