इटहरीः  इटहरी प्रहरीले जेठी सासु हत्या आरोपमा भोजपुरका एक पुरुषलाई पक्राउ गरेको छ । पक्राउ परेका उनलाई पकली प्रहरीले  सार्वजनिक समेत गरेको छ ।

इटहरी उपमहानगरपालिका १७ स्थित मझौरा टोलकी ३२ वर्षीया कमला तामाङको सोमबार खुकुरी प्रहारबाट हत्या भएको थियो । उनको हत्यामा संलग्न भएको दावी सहित पकली प्रहरीले भोजपुर साल्पासिलिचोक ९ घर भइ हाल इटहरी १७ मै बसोबास गर्दै आएका ४९ वर्षीय निमा तामाङलाई पक्राउ गरि सार्वजनिक गरेको हो । हत्या गरिएका कमलाका श्रीमान वैदेशिक रोजगारमा छन । 

 निमाले मादक पदार्थ सेवन गरी सामान्य विवादका क्रममा घाँटीमा खुकुरी प्रहार गरी हत्या गरेको  प्रारम्भिक अनुसन्धानबाट खुलेको पकली प्रहरीको भनाई छ ।

खुकुरी प्रहारपछि गम्भीर घाइते भएकी उनको विराटनगरस्थित आर्या न्यूरो अस्पतालमा उपचारको क्रममा सोमबार साँझ मृत्यु भएको थियो । घटनाका बारेमा आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । हत्या के कारणले गरे भन्ने स्पष्ट रुपमा खुल्न बाँकी रहेको पकली प्रहरीको भनाई छ ।