पाँचथरः फिदिम नगरपालिका  १ का ३५ वर्षीय छत्रप्रसाद सुवेदीले आफूलाई ताप्लेजुङ, सिदिङ्वा गाउँपालिका ४ स्थायी घर भइ याङवरक गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतका रूपमा कार्यरत ४० वर्षीय सुमन लिङदेनले कुटपिट गरेको आरोप लगाएका छन । 

याङवरक गाउँपालिकामा कार्यालय सहयोगी पदमा कार्यरत सुवेदीको कुटपिटबाट आँखामा चोट लागेको छ । अधिकृत लिङदेनले कार्यकक्षमा बोलाएर ०८० असोज २१ गते कुटपिट गरेको पीडितको भनाइ छ ।

अधिकृतको कुटपिटबाट आँखामा चोट लागेका पीडितको असोज २१ गते जिल्ला अस्पतालमा उपचार गरिएको छ ।

Photo-20230910-Pachthar-2

अधिकृत लिङदेनले एक जना महिला कर्मचारीको विषयलाई लिएर कार्यालय सहयोगीलाई कार्यकक्षमा बोलाएर कुटपिट गरेको तथ्य सार्वजनिक भएको छ ।

अधिकृत लिङदेनलाई सुवेदीले प्रयोग गर्ने सीमबाट म्यासेज गएको र सोही विषयलाई लिएर अधिकृतले कुटपिट गरेको पीडितको भनाइ छ ।

घटनाको विषयमा याङवरक गाउँपालिकाले असोज २२ गते विज्ञप्ति जारी गरी घटनामा दुवै पक्षबिच सहमति भएको जनाएको छ ।

गाउँपालिका अध्यक्ष भीमबहादुर योङ्या र उपाध्यक्ष बाबा मेयाङ्बोद्धारा संयुक्त रूपमा जारी विज्ञप्तिमा घटनाको विषयमा उल्लेख नगरी मिलापत्रलाई प्राथमिकता दिइएको छ ।