जनकपुरधामः इजरायलमा मारिएका धनुषाको लक्ष्मीनिया गाउँ पालिकाको वडा नंं ४ सपहीका वर्ष २५ को आनन्द साहको परिवारमाथि बज्रपात भएको छ । 

प्यालेष्टाईन विद्रोहीको आक्रमणमा इजरायलमा मृत्यु भएका आनन्द परिवारका एक्लो छोरा रहेका थिए । छोराको मृत्युका खबरले बुबा सोनम साह अचेत रहेका छन् । १० वर्षसम्म खाडी मुलुकमा काम गरेर छोरालाई राम्रो शिक्षा दिएर योग्य नागरिक बनाउन सफल भएका बुबा सोनमले छोरा मारिएको अव घर नफर्किने खबर पाएपछि पटक पटक मुर्छित भएर अचेत भइरहेका छन् । 

387775998_700988808732350_3406919794521553902_n

बुबा मात्र होइन आमा शुभकलीको अवस्था पनि उस्तै रहेको छ । वर्ष ७० की हजुर आमा बसमतिया देवी नाति मारिएको खबरले अचेत भएकी छन । तीन छोरी र एक छोरा पाएका बुबा साहको दुःखका दिन समाप्त हुने बेलामा छोराको निधनले साह परिवार मात्र होइन सिङ्गो गाउँ नै शोकमा डुबेको छ ।   

सामान्य परिवारमा जन्मेका आनन्द सानो उमेर देखि नै तीक्ष्ण बुद्धिका भएका कारणले उनले जनकपुरधामको एन्जलस सेकेन्डरी वोडिङ्ग स्कुलबाट  एस एल सी उत्तीर्ण गरेर जनकपुरधामकै मिट क्याम्पसबाट विज्ञानमा प्लस २ पास गरेर सुदूर पश्चिममा रहेको कृषि विश्व विद्यालयमा भर्ना भएर विएससीएजीको पढाई समाप्तिको चरणमा थप दक्षताका लागि ३ महिनाको कृषि तालिम दिन भदौ २८ गते इजरायल पुगेका थिए । 

Aannd-Shah

आनन्द साहले परिवारको दुःख कष्ट हर्ने बेलामा आफै प्यालेष्टाईनका आतङ्कवादीको आक्रमणमा मारिएपछि परिवारमा झनै बज्रपात भएको छ । आनन्दले गाउँमा नै आधुनिक कृषि फर्म स्थापना गरेर मुलुकलाई कृषिमा आत्म निर्भर बनाउनका लागि योगदान दिने योजना बनाएका बेलामा यो घटना भएको छ ।  

387856223_700988868732344_5882678438476649185_n

बुबाले जानकी मेडिकल कलेज अगाडि जोडेका ५ कठा जग्गामा अक्सिजन प्लान्ट स्थापना गर्ने योजना पनि आनन्दले बनाएका थिए । त्यस भन्दा अगाडी उनले १ करोड बिरुवा रोप्ने अभियान चलाउने पक्षमा रहेका थिए । आनन्दको मृत्युको खबरले सपही गाउँ नै पिडामा परेको लक्ष्मीनिया गाउँपालिकाका अध्यक्ष भोगेन्द्र मिश्रले बताए ।

आक्रोशमा आएर सपहीका स्थानीय बासीले केही बेर जनकपुर–ढल्केवर सडक केही बेर अवरुद्ध पनि गरेका थिए । स्थानीयले जति सक्दो आनन्दको शव गाउँमा आउनु पर्‍यो माग गरेका छन् ।  

387754736_700988942065670_1020936610216500377_n