नायिका वर्षा सिवाकोटी फिल्म ‘परदेशी २’की एक कलाकार हुन् । एउटा कुरा स्पष्ट के छ भने, यसको निर्माण टिमले वर्षालाई फिल्मको प्रचारमा अर्की नायिका केकी अधिकारीलाई जस्तो महत्त्व दिएनन् । फिल्मको बाग्लुङमा आयोजित प्रिमियरमा काठमाडौंबाट पत्रकार लैजाँदा समेत वर्षालाई लैजान निर्माणपक्षले आवश्यक ठानेन । सबैतिर केकी र कलाकार प्रकाश सपुत नै हाबी छन् ।

तर, काठमाडौंका केही मिडियामा वर्षा एक्लै अन्तरवार्ता दिन दौडिइन् । फिल्मको लागि प्रचारमा दौडिएकी वर्षाले आफ्नो बिहे र त्यसको २ महिनामै भएको डिभोर्सको चर्चामा नै समय सकाएकी छिन् । मिडियामा आएका अन्तरवार्ता हेर्दा, वर्षा फिल्म ‘परदेशी २’को नभएर डिभोर्सको स्पष्टीकरण दिन मिडिया धाइरहेकी छिन् भन्ने देखाउँछ ।

यो विषयमा वर्षाले यस भन्दा अगाडिका अन्तरवार्तामा बोल्न चाहेकी थिइनन् । तर, यस पटक भने उनलाई के भएछ कुन्नि, डिभोर्सको कुरा हरेक मिडियामा गरिन् । वर्षाको डिभोर्सको विषयमा दिएको अन्तरवार्ता हेर्दा, उनले बिहे र डिभोर्सलाई कति हलुका रूपमा लिएकी छिन् भन्ने प्रस्ट हुन्छ । नेपाली समाजमा कसैले पनि यति हलुका रूपमा डिभोर्सलाई लिएको पाइँदैन, जति वर्षाले लिएको देखिन्छ ।

खैर, जे होस् वर्षाले आफ्नो डिभोर्सको कुरामा स्पष्टीकरण दिने मौका पाएकी छिन् । फिल्मको प्रचारमा सहभागी नभएपनि वर्षाले आफ्नै प्रचार भने गज्जबले नै गरेकी छिन् । मेरो फिल्मबाट