माओवादी केन्द्रका केन्द्रिय तहका नेताहरु यसबेला पार्टीको निर्देशन अनुसार पार्टीको जनतासँग माओवादी, विशेष रुपान्तरण अभियानमा छन । उनीहरु जनताका घर घरमा पुगी गाँउ गाँउमा अभियानका बिबिध कार्यक्रम संचालन गरिरहेका छन् । सो पार्टीले सुनसरीको इटहरी उपमहानगरपालिका भरी अभियान संचालन गर्नका लागि पूर्व प्रतिनिधिसभा सदस्य सुरेशकुमार राई‘हिमाल’लाई ‘जनतासँग माओवादी, विशेष रुपान्तरण अभियान’– २०८० संयोजक बनाएको छ । पार्टीले जिम्मेवारी पूरा गर्न  पार्टीको केन्द्रिय सदस्य समेत रहेका राई दिन रात नभनी रुपान्तरण अभियानमा लागि परेका छन् । उनै राईसँग पार्टी थालको ३ महिने अभियान इटहरीमा पार्टीको अवस्था, इटहरी सरकारले गरिरहेको कार्यप्रति पार्टीको अवधारणा र अभियानका बिषयमा इटहरी नगरवासीको सहभागीता लगायतका बिषयमा केन्द्रित रहेर गरिएको कुराकानी यहाँ प्रस्तुत गरिएको छः–

जनतासँग माओवादी अभियान कस्तो खालको अभियान हो ? यो किन आवश्यक भयो ?

‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’नेकपा (माओवादी केन्द्र)को ३ महिने अभियानको नाम हो । ‘घर–घरमा माओवादी, जन–जनमा माओवादी’ हाम्रो अभियानको नारा हो ।

माओवादी जनयुद्ध जनआन्दोलनको उपलब्धिहरुलाई अझै बिस्तार र बिकाश गरेर मात्र रक्षा हुन्छ भन्ने स्पष्ट बुझाईका साथ आठौ राष्ट्रिय माहाधिवेशनबाट गरिएको पार्टीको ठोष नीति कार्यक्रम प्रति दृढ भई सबै तहका नेता कार्यकर्ताहरुले जिम्मेवरी वहन गर्नु पर्ने इतिहासको अपरिहार्य आवश्यक्ता बोध गराउनु यो अभियानको मुख्य लक्ष्य हो ।

हाम्रो पार्टीको नीति कार्यक्रम सही र बस्तुवादी भए पनि हामी नेता कार्यकर्ताहरु त्यस अनुरुप परिचालित नभएर पुराना अरु पार्टी जस्तै हुन थालियौँ । देश, जनता र वर्गका आवश्यक्ता प्रति केन्द्रित होईन आफ्नो–आफ्नो गुठ समुदाय र क्षेत्रको निश्चित स्वार्थमा डुब्न खोज्ने प्रवृत्ति झागिँन थाल्यो । अन्तत नव सामन्तवाद र दलाल नोकरशाहीतन्त्रको मालिक र सेवक जस्तो सँस्कृति तिब्र रुपमा झागिँदै गईरहेकोले यो सिंगो पार्टीलाई पुनःऐतिहासिक जिम्मेवरी पूरा गर्न सक्ने हैसियतमा खडा गराउनका लागि जनतामा जाने अनि जनताको आवश्यक्ता प्रति पूर्ण बफादार हुन सक्ने नयाँ पार्टी निर्माण गर्न यो अभियान सञ्चाल गरिएको हो ।

यस अभियानमा के कस्ता गतिविधिहरु हुन्छन्, कस्ता बिषयहरु समेटिएका छन ? 

‘२१ औं शताब्दीमा समाजवादी क्रान्तिको नेपाली बाटो’मा सिंगो पार्टीलाई स्पष्ट रुपमा खडा नगरी कठोर संघर्ष र वलिदानबाट प्राप्त भएको उपलब्धि उल्टाउने र जनअधिकारको सवाललाई पुरै प्रतिवन्ध लगाउने स्तरबाट विभिन्न रुपमा प्रतिगामीहरु फेरि सलवलाउन थालेका छन । 

जनयुद्धबाट  स्थापित गरिएका जनताका आमसिक अधिकारलाई पूर्णता दिनु पर्ने हाम्रो पार्टीको ऐतिहासिक दायित्वबाट पछि हट्न सक्दैनौ । जनताको समाजवादी ब्यावस्था स्थापना नगरेसम्म देशिविदेशी प्रतिक्रियावादीहरु जुनसुकै बेला जनअधिकार खोस्न तम्तयार रहेका हुन्छन । हाम्रो पार्टीको नेतृत्वमा आम उत्पीडित बर्गका नेपाली जनतालाई सम्पुर्ण हिसाबले गोलवन्द गर्नु अपरिहार्य आवश्यक्ता रहेको छ ।

सिंगो उत्पीडित जनतालाई गोलवन्द गर्नका लागि शान्ति प्रक्रिया यता हाम्रो पार्टीका नेता–कार्यकर्ताहरुले गरेका कमीकमजोरीबाट गंभिर शिक्षा लिई फेरि जनताप्रति पुर्णरुपमा उत्तरदायी र बफादार हुने हैसियतमा उठाउन इतिहासले सुम्पेको जिम्मेवरी हो ।

384532671_296020193172903_3809851004971273932_n

अतः भदौ १६ गते देशै भरका वडाहरुबाट केन्द्रीय अभियान उद्घाटन भए पछि वडाको बैठक भेला प्रशिक्षण भएको छ । वडा स्तरका पार्टी कार्यलय स्थापना गरी पार्टी सदस्य नविकरणरविस्तार सुरु गरिएको छ । सुचना–संचार, प्रचार प्रसार संयन्त्र निर्माण गरिएको छ । गाउँरनगर र वडाहरुमा रहेका अन्तरविरोहरु पहिचान गरि समाधनका उपायहरु खोजी गर्ने काम सुरु भएको छ ।  ब्यवस्थित लेखा प्रणालीबाट पार्टी सञ्चालनका लागि पार्टी कोष खडा गर्ने काम सुरु भएको छ । संघीय सरकारको भ्रष्टाचार विरोधी र सुसाशन कायम गर्ने अभियानलाई प्रभाकारी शसक्त बनाउन वडा तहसम्म पार्टी सदस्य र समर्थक सुभचिन्तकसम्म सुझाव संकलन गर्ने काम सुरु भएको छ । पार्टी नेता कार्याकर्तालाई श्रम र उत्पादनसंग नियमित जोडनलाई १÷१ वटा उत्पादन सम्वन्धि योजना निर्माण गर्दैछौ । सहिद परिवार, घाईते,अपांग,वेपत्ता, पुराना नेता कार्यकर्ता, द्धन्द्धपिडितहरुको लगत विवरण केन्द्रीत गरि वडा–वडामा अभिलेख राख्दै छौ । साथै विगत देखि हालसम्मको पार्टीका सम्पुर्ण कामहरुलाई अभिलेखिकरण गर्न योजना समेत रहेको छ । उपरोक्त अभियानका प्राथामिक कामहरुलाई कार्यन्वयन गर्नका लागि केन्द्रीय सदस्यहरु समेत वडाका अभियान संयोजक भएर काम गरिरहेका छौ । हरेक वडामा रहेका टोल अभियान संयोजकको जिम्मेवारी तोकेर ठोष–ठोष कामको कार्यविभाजन गरेका छौ ।

तपाई त फरक जिल्ला र भूगोलको  नेता हुनुहुन्छ इटहरीको जिम्मेवारी लिएर आउनु भएको छ , यहाँका पार्टीका नेता र कार्यकर्ताहरुबाट के कस्तो सहयोग पाईरहनु भएको छ ? 

प्रदेश नं १ को जिल्ला भुगोल मेरो लागि नयाँ होईन । पालिका संरचना निर्माण पछिको वडाहरु परिचित भए पछि सहजै हुने छ । विगत २०–२५ बर्ष देखि पार्टीका साथिहरुसंग पार्टी संरचना भित्र काम गरेकाले मलाई समस्या हुने छैन । पार्टी केन्द्रको निर्णय स्प्रीड बुझ्ने बुझाउने काम भए पछि साथीहरुको सहयोग हुने कुरामा दुईमत हुने छैन । देशैभरीका हामी नेता कार्यकर्ताहरु पार्टीको केन्द्रीय अभियान कार्यन्वयनका एउटै स्प्रीडमा भएकाले एक अर्कामा रचनात्मक सहयोगकै आधारमा जिम्मेवरी वहन गर्न सफल हुने छौ ।

जनतासँग माओवादी विशेष अभियान अन्तरगर्त अहिले इटहरीको बिभिन्न वडाहरुमा बैंठक र छलफल गरिरहनु भएको छ, पार्टीको अवस्था चाँही कस्तो पाउनुभयो नी ? 

हाम्रो पार्टी शान्ति र संविधान निर्माणका निमित्त बृहत्त शान्ति प्रक्रियामा मार्फत पहिलो संविधानसभाबाट देशको सबै भन्दा ठूलो र जिम्मेवार पार्टीको हैसियतमा जनताले स्थापित गरिदिए । देशी विदेशी प्रतिक्रियावादीशरुको घेरावन्दी वीचमै पार्टी भित्रको असहज बिचार संघर्षले देशको राजनीतिलाई नयाँ निकास दिनुको सट्टा  बाधा ब्यवधान खडा हुन पुग्यो । संविधान निर्माण नगरी संविधानसभको विघटन हुन पुग्यो ।  अन्तत पार्टी बिभाजनलाई रोक्न सकिएन ।  शान्ति र संविधान हाम्रो पार्टीको ठोष कार्यदिशाका कारण दोस्रो संविधानसभाको चुनावमा हामी सहभागी भयौ । अधिकार सम्पन्न संविधान निर्माण बिरोधी शक्तिहरु  षड्यन्त्रपुर्ण योजनामा एक मत हुन पुगे भने हाम्रो पार्टीको टुट फुट बिभाजनले दोस्रो संविधानसभामा पहिलो स्थानबाट तेस्रो स्थानमा पुगियो ।

शान्ति प्रक्रियालाई टुंगोमा पुराउन र संविधान निर्माण गरि जनताका अधिकारहरुलाई स्थापित गर्ने हाम्रो काधमा इतिहासले सुम्पेको गहन जिम्मेवरी थियो ।

संविधान निर्माण गरिसके पछि त्यसलाई कार्यन्वयन गर्न दोस्रो ऐतिहासिक जिम्मेवरी थियो । राष्ट्रिय अन्तराष्ट्रिय राजनीतिक परिस्थिति र शक्ति सन्तुलनले वामपन्थिहरु वीच एकता गर्ने लक्ष्य राखेर गठवन्धन गर्नु सिंगो देशको आवश्यक्ता थियो । शान्ति प्रक्रियालाई टुंगोमा पुराउन, संविधान कार्यान्वयन गर्न र देशलाई समृद्धिको कार्ययोजनाबाट समाजवादको आधार निर्माण गर्नका निमित्त जनताको अभुतपुर्व समर्थन रहन गयो । संविधान निर्माण भए पनि नेपाली जनताका अगाडि निरासा र आक्रोशको कालो वादल मडारिरहेको बेला हाम्रो पार्टीकै पहल प्रयत्नमा जनतलाई आशा र भरोसा जगाउने ऐतिहासिक काम भएको थियो । विडम्वना तत्कालिन एमाले गुटका नेता केपी ओलीको दक्षिणपन्थि प्रतिगामी सोचका कारण जनताका आसा भरोसा ध्वंस हुन पुग्यो । शान्ति, संविधान र लोकतन्त्र विकार रक्षाका निमित्त नया राजनीतिक धुर्र्वीकरणबाट देशलाई पुनः अघि बढाउनु पर्ने जिम्मेवरी हाम्रै पार्टीको पहलमा गर्नु पर्दथ्यो ।

384530007_966456807786887_7559215639362981471_n

अतः हाम्रो पार्टी तेस्रो स्थानमा हैसियत निर्धारण भएको भए पनि देश र जनताका आकांक्षालाई संवोधन गर्न र निरासालाई आसामा बदल्न देशको नेतृत्व गरिरहेका छौ । भ्रष्टाचार विरुद्धको निश्पक्ष अभियान, सुशासन र देशको समृद्धिको कठोर कदमहरुबाट सिंगो देशबासीमा आशाको किरण पलाएको छ । यस अवस्थामा शान्ति प्रक्रिया यताका दिनहरुबाट एक पछि अर्को गर्दै पार्टी भित्र झागिँदै गएको गैर क्रान्तिकारी चरित्र र क्रियाकलापलाई निस्तेज पार्दै बहुसंख्यक उत्पीडित जनताका हित रक्षाका लागि पार्टीका सबै नेता कार्यकर्तालाई आ–आफ्नो ठाउँबाट सच्चिएर अघि बढ्न जनताको वीचमा निरन्तर रहिरहने र जनता प्रति पुर्णरुपमा उत्तदायी भईरहन बिशेष रुपान्तरित हुने कुरामा प्रतिबद्ध रहेकाले स्वभाविक रुपले कार्यकर्ता जनता निकै उत्साहित छन ।

पार्टीका अध्यक्ष प्रचण्डको नेतृत्वमा भएको सरकारले हाल गरिरहेका कार्य प्रति आम कार्यकर्ता र इटहरीका सर्वसाधारण जनातको प्रतिक्रिया के कस्तो पाउनुभयो त ? 

पार्टीका नेता कार्यकर्ताहरु र आम जनता समेत निक्कै खुसी र उत्साहित भएको पाए । भ्रष्टाचार निर्मुल गर्ने अभियान र सुशासन आर्थिक संकटको क्षेत्रमा लिएका पहलकदमीबाट सिंगो देश उत्साहित हुनुलाई पार्टी पुनःनिर्माण गर्ने अवसरको रुपमा लिएका छौ । सरकारले गरेरका राम्रा कामले निरन्तरता पओस भन्ने सुझाव छ । सत्ता पक्षे भित्रका गलतविधि अनि प्रतिपक्षेका अलोकतान्त्रिक क्रियाकलापहरुका कारण कतै गरिरहेका राम्रा कामहरु रोकिन्ने हो कि भन्ने जनतामा अझै आशंकाहरु जिवतै छन । प्रचण्ड सरकारले चाहेअनुसार सत्तापक्ष गठवन्धन भित्र देशमा ब्याप्त समस्याका चाङहरुलाई हल गर्न एक ढिक्का हुन सकोस भन्ने समेत सुझाव रहेको छ ।

अभियानले केन्द्रका मात्र मुद्धालाई जनस्तरसम्म लिएर जाने हो कि स्थानीय तहमा व्याप्त जनजिवीका सवाल, ढिला सुस्ती भ्रष्टाचार नियन्त्रण र सुशासनका मुद्धालाई पनि सँगै लैजानु हुन्छ नि ? 

बनस्पतिलाई उत्पादनशिल बनाउन भेद र जरामा रोग किरा लाग्नबाट जोगाउनु पर्छ र भेद र जरामै विशादी र मलजल गर्नु पर्छ भने राज्यब्यावस्थाका बेथितिहरु निर्मुल गर्न शिर वा टाउकाको जनविरोधि किरा रोगहरु निर्मुल गर्नु पर्दछ । सत्तको शिर मुहान सफा भए पछि प्रदेश पालिका वडा र टोलसम्म पानी सङ्लो बग्न स्वतः थाल्नु पर्दछ ।  हरेक तहका नेता र जनता एक अर्कामा अन्तरसंवन्धित हुन्छन । नेता र जनप्रतिनिधिहरु ठिक ठाँउमा उभिएर राम्रा काम गर्न थाले पछि जनताहरु स्वतह नियम कानुन र प्रक्रिया प्रणालीका अंग वनेर देशका योग्यतम नागरिक बन्ने छ । सेना पुलिस अदलात र कर्मचारीतन्त्र भनेका त राज्यब्यावस्थाका मिसिनरी शक्ति न हुन, जनप्रतिनिधि संस्थाले कसरी चलाउने त्यसैगरी चल्ने हो ।

समग्रमा भन्नु पर्दा इटहरीको मुख्य समस्या के कस्ता पाउनुभयो । स्थानीय सरकारले गरिरहेको कार्यप्रति इटहरीबासीको धारणा कस्तो पाउनुभयो ?

तीन तह सरकारको राज्य संम्रचना निर्माण पछि तीनै तह सरकारका काम कारवाही र क्षेत्राधिकार भित्र रहेर जनअपेक्षाका कामहरु जुन गतिमा हुनु पर्ने हो सो हुन सकिरहेको छैन । संविधान निर्माण पछिको दोस्रो कार्यकालमा तीनै तहको सरकार सञ्चालन भईरहेको छ । जनयुद्ध जनआन्दोलको जगमा परिवर्तित राज्यका संयन्त्रहरुमा प्रतिनिधित्व गर्ने जनप्रतिनिधिहरुको मुलभुत चरित्रहरुमा पनि परिवर्तन आउन सकिरहेको छैन । तीनै तहका सरकारले स्पष्ट रुपमा जनताका आधारभुत समस्याहरुलाई वर्गीकरण गरी समग्र योजना बनाई हल गर्नु पर्दछ । तीनै तहका सरकार वीच समन्वय र सहमतिबाट जनताका हरेक समस्यहरुलाई तदारुक्ताकासाथ संवोधन गर्नु पर्छ  भन्ने मेरो बुझाई रहेको छ ।

384531010_1702758920203129_6024321107180243500_n

जनताका समस्याहरु बग्रेल्ति चाङ माथि चाङ छन । इटहरी उप–महानगर देशको ठूलो सहर मध्यमा अझ बिकसित भईरहेछ अवस्थाको नगर हो । शिक्षा स्वास्थ्य ब्यवस्थित एवं सर्वशुलभ बनाउन भौतिक पुर्वधार र जनशक्ति पुर्ती गर्ने प्रक्रियामै छ । सुकुम्वासी र अब्यवस्थित बसोवासको समस्या ज्यूका तिउ छ । ब्यवस्थित उद्योग कलकारखाना सञ्चालन समस्याहरु छन भने त्यसै गरि रोजगारीको अभावमा मजदुरहरु न्यून ब्यतनमा जीवन गुजारा गर्न बाध्य छन । स्वच्छ पिउँने पानी अभाव पनि तेतिकै छ । नयाँ सहरको तिब्र बिकासको क्रममा कालाबजारी, शुद्ध खाद्य बस्तुको अभाव साथै लागू औषध दुव्र्यसनीको प्रभाव पनि त्यतिकै छ । धेरै राम्रो संभावना रहेको यस नगरमा खासगरी उप–महानगर, वडाका जनप्रतिनिधि र प्रशासनबाट तदारुक्ताकासाथ अलिक धेरै मेहनत गर्नु पर्ने जरुरी देखेको छु ।

यो अभियानपछि इटहरीमा पार्टीको अवस्था कस्तो पाउने प्रक्षेपण गर्नु भएको छ नि ?

हाम्रो पार्टी यो नगरका जनता प्रति सबै भन्दा धेरै  जिम्मवार बन्नु पर्दछ । पार्टी केन्द्र देखि तल सेलसम्म विशेष रुपान्तरणको प्रक्रिया सुरु भएको छ । मलाई विश्वास छ, पार्टी केन्द्रले सिंगो पार्टीलाई देश र जनता प्रति ईमान्दार र उत्तरदायी बनाउनका लागि पार्टी भित्र देखिएका सबै खाले खरावीहरुलाई निर्मुल गरि सामाजवादी बाटोमा निरन्तर अघि बढाउन सक्ने अपेक्षा गरेको छु ।

अन्त्यमा पार्टीको ३ महिने अभियान बारे थप केही भन्नु छ कि ?

हाम्रो पार्टीको देशभरीको ६७४३ वटा वडामा केन्द्रीत विशेष अभियान संचालन भईरहेको छ । ईटहरी उप–महानगरको २० वटा वडामा पहिलो चरणको अभियानका कामहरु भईरहेका छन ।

मंसिर पुस पछि हाम्रो पार्टीको विधान संम्मेलन हुँदै बिशेष महाधिवेशन सम्म विभिन्न चरणमा अभियान जारी रहने छ । यस अभियानले हाम्रो पार्टीलाई देश र जनताको विश्वास र भरोसायोग्य पार्टीका स्थानमा रुपान्तरित हुने अपेक्षा गरेका छौ । यस अवसरमा सम्पुर्ण पार्टीका नेता कार्यकर्तहरु, गठवन्धन दल र अन्य दलका नेता साथीहरु, जनप्रतिनिधिहरु, विभिन्न संघ–सस्थाहरु, कर्मचारीतन्त्र, सुरक्षा संयन्त्र, नगरिक समाज र आम जनसमुदायहरुमा आ–आफ्नो ठाउँ र हैसियतबाट हाम्रो पार्टीको केन्द्रीय अभियानलाई विभिन्न तरिकाले सहयोग गरिदिन हार्दिक अपिल गर्न चाहान्छु ।