इटहरीः माओवादी केन्द्रले इटहरीका २० वटै वडाहरुमा सदस्यता विस्तार र पार्टी निर्माण अभियानलाई तिब्र गतिका साथ अगाडि बढाईरहेको छ ।
पार्टीको ३ महिने अभियान अन्तरगत इटहरीको संयोजक भई आएका केन्द्रिय सदस्य हिमाल राईको सक्रियतामा पाटीको नगर समितिले इटहरी उपमहानगरपालिकाको २० वटै वडामा सदस्यता नविकरण र संख्याबृद्धि कार्यलाई तिब्रता दिइएको हो ।
पार्टीले २० वटै वडाहरुमा बैंठक सम्पन्न गरेपछि सदस्यता विस्तार र नविकरणको कार्य अगाडि बढाएको हो ।
इटहरी उपमहानगरका २० वटै वडामा पार्टी कायाल्य स्थापना गरि त्यसलाई व्यवस्थित तरिकाले सञ्चालन गर्ने कार्यपनि अगाडि बढाइएको अभियानका संयोजक राईले बताए ।
२० वटै वडामा पार्टीको वडा कमिटीको नाममा बैंक खाता खोली कोष निर्माणको प्रकृया पनि अगाडि बढाईने राईले जनाए । इटहरी नगर र सबै वडा समितिको विगत देखि हालसम्मका काम कारवाही सम्बन्धि अभिलेख संकलन गर्ने कार्यको पनि सुरुवात गरिएको राईले बताए ।
सबै वडा अन्तरगत टोल अभियान संयोजक तोकी पहिलो चरणको अभियानको कामलाई प्रभावकारी बनाउन पार्टी लागि परेको नेकपा माओवादी केन्द्रका इटहरी नगर अध्यक्ष ज्वालासिंह तामाङले बताए । वाईसियल, जनवर्गीय संगठन र मोर्चा संगठनको कामलाई वडा वडा हुँदै नगरस्तरसम्म बैंठक, भेला र प्रशिक्षणको तयारी योजना अघि सारिएको उनले बताए । त्यस अन्तरगत महिलाहरुको नगरस्तरीय भेला चाँडै नै गर्न लागिएको उनले बताए ।
पार्टीले साधारण सदस्य विस्तार तथा वितरणको कार्यलाई पनि अगाडि बढाएको तामाङले बताए । उनका अनुसार पार्टीले यावत गतिविधिलाई एकसाथ नगरभरी संचालन गरिरहेको र त्यसका आम नगरवासीमा पुर्याउनका लागि नगरस्तरीय सूचना –सञ्चार र प्रचार–प्रसार संयन्त्र नगरमा गठन गरिएको छ । सो संयन्त्र इटहरी नगरको २० वटै वडाहरुमा विस्तार हुँने क्रममा रहेको तामाङले जानकारी दिए ।