नेपाली फिल्म क्षेत्रका चर्चित नायक अनमोल केसीलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले आज उनलाई काभ्रेको साँगाबाट पक्राउ गरेको श्रोतले बताएको छ । अहिले उनलाई प्रहरीले काठमाडौं ल्याइरहेको छ । 

अनमोलले फिल्म ‘रावायण’मा काम गर्ने पक्का गरेर अन्तिम अवस्थामा काम नगर्ने बताएका थिए । जसकाकारण, फिल्मका निर्देशक सुदर्शन थापा र उनको निर्माण कम्पनीले ‘अपराधिक विश्वासघात’को मुद्दा दायर गरेको थियो ।

सोही उजुरीको आधारमा एसपी मिलन केसी र इन्स्पेक्टर हरि बस्नेतको नेतृत्वको टिमले अनमोललाई पक्राउ गरेको हो । 

अनमोललाई अपराध अनुसन्धान, महाशाखामा प्रहरीले ल्याइसकेको छ । अनमोलले फिल्म ‘रावायण’मा कहिले आफू काम गर्ने बताउँदै निर्देशक सुदर्शन थापालाई तयार रहन भन्ने गरेका थिए भने कहिले आफूले काम गर्न नसक्ने बताउँदै आएका थिए । निर्देशक थापा र उनको ब्यानरले अनमोलका कारण ठूलो आर्थिक तथा अन्य क्षती भएको भन्दै चार दिन अघि अपराध अनुसन्धान विभाग, नयाँ बाँनेश्वरमा जाहेरी दर्खास्त दिएको थियो । निर्मात्री सुप्रिया कटुवालले जाहेरी दर्खास्त दिएकी हुन् । 

यसपछि, प्रहरीले अनमोललाई बारम्बार सम्पर्क गर्दै कार्यलयमा उपस्थित हुनका लागि बोलाएको थियो । तर, अनमोलले आफै मिलाउने तर प्रहरी कार्यलयमा आउन आवश्यक नभएको जवाफ दिएका थिए । प्रहरी कार्यलयबाट पनि यो विवाद समाधान हुन नसक्ने अवस्था भएपछि उनलाई पक्राउ पुर्जी जारी गरिएको थियो । 

अनमोलले केही दिन अगाडि मात्र कसैको दबाबमा आफूले फिल्ममा काम नगर्ने भन्दै स्टाटस लेखेका थिए । अनमोलले बिहिबार मात्र कालिञ्चोकको तस्वीर स्टोरीमा अपलोड गरेका थिए । आज, उनी कालिञ्चोकबाट काठमाडौं फर्कदै गर्दा काभ्रेको साँगाबाट पक्राउ परेका हुन् । मेरो फिल्मबाट