विराटनगरः मोरङ विराटनगर महानगरपालिका-१८ लाभाघाट स्थितमा गाँजा बोकेको एम्वुलेन्स सहित चालकलाई प्रहरीले पक्राउ गरेको छ ।

हिजो राति साढे १० बजे इलाका प्रहरी कार्यालय बुधनगरबाट खटिएको प्रहरी टोलिले चेक जाँचको क्रममा को.१ च ४६१९ को एम्बुलेन्सको डिकीमा लुकाई छिपाई ल्याएको २१.५ किलोग्राम लागुऔषध गाँजा र नेपाली रुपैया ४० हजार बरामद गरेको हो ।

लागुऔषध गाँजा बरामद भए संगै राजन अधिकारी फाउण्डेसन धरान द्धारा संचालित उक्त नम्वरको एम्वुलेन्स र चालक धरान-११ का ३८ बर्षीय गंगा सरकार र सोही स्थानमा रहेको BR 38AFO336 नम्वरको मोटरसाईकल सहित प्रहरीले नियन्त्रणमा लिएको हो ।
380818180_691691696324665_4554340855948515433_n

यसैगरी विशेष सुचनाका आधारमा इलाका प्रहरी कार्यालय बुधनगर र अस्थायी प्रहरी पोष्ट भेडियारीबाट खटिएका प्रहरी टोलिले बिराटनगर-१८ स्थित खेतको परालमा लुकाई छिपाई राखेको साढे १६.५ किलोग्राम गाँजा समेत बरामद गरेको छ ।

लागुऔषध गाँजा सहित पक्राउ परेको एम्वुलेन्स तथा चालकको इलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भईरहेको छ ।
382241909_691691739657994_8226050861230878297_n