नायक दयाहाङ राइले अभिनय गरेको फिल्म ‘नाङ्गो गाउँ’ले शुक्रबार बम्पर ओपनिङ गर्यो । शनिबार पनि फिल्मको व्यापार आक्रामक हुने देखिएको छ । एकातिर, हलमा फिल्मले बम्पर व्यापार गरिरहेको समयमा दयाले आजबाट नयाँ फिल्मको छायांकन प्रारम्भ गरेका छन् । बासुरी फिल्मस्को ब्यानरमा निर्माण हुन लागेको नयाँ फिल्म ‘डिग्री माइला एम ए थर्ड क्लास’को आज शुभसाइत गरिएको हो । 

यो फिल्ममा नायक दयाहाङ राई शिर्ष भूमिकामा देखिदैछन् । फिल्ममा दयाको जोडीको रुपमा नायिका आँचल शर्माले काम गर्दैछिन् । दया र आँचलले पहिलो पटक पर्दा शेयर गर्न लागेका हुन् । 

शुभसाइत समारोहमा पुगेकी आँचलले दयासँग काम गर्न पाउँदा उत्साह व्यक्त गरिन् । उनले, दयाहाङ राईबाट आफूले धेरै कुरा सिक्ने बताइन् । यस्तै, दयाले पनि फिल्मको कथावस्तु रमाइलो भएको भन्दै दर्शकले साथ दिनेमा ढुक्क रहेको बताए । 

बक्स अफिसमा एकपछि अर्को धमाका गरिरहेका दयाको यो फिल्मले नयाँ बर्षको अवसरमा रिलिज हुनेछ । यो फिल्मको छायांकन रुम्झाटार, ओखलढुंगा र काठमाडौंमा हुने निर्माणपक्षले बताए । पहिलो चरणको छायांकन शुक्रबारदेखि रुम्झाटारमा हुनेछ । दोश्रो चरणको छायांकन भने ओखलढुंगा र काठमाडौंमा मंसिरबाट हुने निर्माणपक्षले बताएको छ । 

फिल्ममा दया र आँचलको साथमा माओत्से गुरुङ, बिजय बराल, प्रकाश घिमिरे, वुद्दि तामाङ लगायतका कलाकारको पनि अभिनय रहनेछ । यो फिल्ममा रिले सिनको छायांकन रहनेछ । मेरो फिल्मबाट