गत बिहिबारबाट रिलिजमा आएको बलिउड फिल्म ‘जवान’को दबदबा नेपाली हलमा पनि छ । फिल्मले रिलिजको एक सातामा पनि दर्शकको उच्च साथ पाइरहेको छ । यसैले, दोश्रो सातामा यो फिल्मको व्यापार कस्तो होला भन्ने कौतुहलता पनि छ । 

भदौको २९ गतेबाट दुई नेपाली फिल्म ‘एक भगवत् गीता र नाङ्गो गाउँ’ रिलिज हुँदैछन् । ‘जवान’ फिल्मको दबदबाका बिच यी दुई फिल्मले कति शोज पाउँछन् भन्ने चासो आम फिल्मीकर्मीमा थियो । 

यी दुई फिल्मले देशका नाम चलेका मल्टिप्लेक्समा औषत शोज पाएका छन् । यी फिल्मले पाएको शोजलाई उच्च मान्न सकिदैन । 

क्यूएफएक्सले उपत्यकाका सिभिल, छायाँ सेन्टर, लाबिम र भाट भटेनी भक्तपुरमा गरेर ‘एक भागवत् र एक गीता’लाई ९ शोज मात्र दिएको छ । यो ठूलो स्केलमा बनेको फिल्मका लागि निकै कम शोज हो । 

यस्तै, ‘नाङ्गो गाउँ’ले क्यूएफएक्सको उपत्यकाको चेनमा १२ शोज पाएको छ । दुई नेपाली फिल्मले २१ शोज पाउँदा दोश्रो सातामा प्रवेश गरेको ‘जवान’ले उपत्यकामा ३३ शोज पाएको छ । अर्थात दुई नेपाली फिल्मले क्यूएफएक्सको चेनमा दोश्रो साताको ‘जवान’ले पाए बराबरको शोज पनि पाएका छैनन् । हलिउड फिल्म ‘द नन’ले दोश्रो सातामा ११ शोज  पाएको छ । क्यूएफएक्सले उपत्यकामा शुक्रबारका लागि सबै फिल्मलाई गरेर ६५ शोज बाँडफाँड गरेको छ । 

यस्तै, वान सिनेमाज्मा पनि यी दुई फिल्मले औषत शोज पाएका छन् । वान सिनेमाज् नयाँ बाँनेश्वरमा ‘नाङ्गो गाउँ र एक भागवत् र एक गीता’ले ४–४ शोज पाएका छन् । यो हलमा ‘जवान’को ६ शो दोश्रो सातामा छ । 

वान सिनेमाज्को कालिमाटीमा दुई नेपाली फिल्मले ३–३ शोज पाएका छन् । बीग मुभिजले ‘एक भागवत् र एक गीता’लाई ५ शोज दिदा ‘नाङ्गो गाउँ’लाई ४ शोज दिएको छ । यो हलमा ‘जवान’को ५ शोज दोश्रो सातामा रहनेछ । 

चाबहिलमा रहेको एफक्यूबले ‘नाङ्गो गाउँ’लाई ६ शोज दिदा ‘एक भागवत् र एक गीता’लाई ४ शोज दिएको छ । यो हलमा ‘जवान’को ६ शोज दोश्रो सातामा रहनेछ । यसरीहेर्दा, अब नेपाली फिल्मले बलियो वर्ड अफ माउथ पाउनुपर्ने देखिन्छ । -मेरो फिल्मबाट