काठमाडौंः नामको कारणले विवादमा परेको फिल्म ‘एक भागवत् र एक गीता’को सेन्सर पास भएको छ । यो फिल्मको आज बिहान सेन्सर गरिएको थियो । फिल्मले यूनिभर्सल सर्टिफिकेट पाएको छ । योसँगै अब यो फिल्म सबै वर्गका दर्शकले हेर्न पाउनेछन् । 

फिल्मका निर्माता सुनिल कुमार थापाले कुनै पनि दृश्य नकाँटी सेन्सरले फिल्मलाई यूनिभर्सल सर्टिफिकेट दिएका थिए । 

केही धार्मिक संगठनले फिल्मको नाममा आपत्ती जनाउँदै विरोध गरेपछि आइतबार चलचित्र विकास बोर्डमा नाम परिवर्तन गर्ने सहमती भएको थियो । धार्मिक संगठनको बिरोधका कारण फिल्मलाई सेन्सर सिफारिश दिन विकास बोर्डले आनकानी गरेको थियो । 

तेश्रो  लिङ्गीको कथा उठान गरेको यो फिल्मलाई झरना थापाले निर्देशन गरेकी हुन् । फिल्ममा विपिन कार्की, सुहाना थापा, धिरज मगर लगायतका कलाकारको अभिनय छ । .यो फिल्म भदौको २९ गतेबाट रिलिज हुँदैछ ।