गायक प्रकाश सपुतले सार्वजनिक गर्ने गीत चर्चामा रहन्छन् । तर, चर्चासँगै  उनका गीतले विवाद पनि निम्त्याउँछन् । बारम्बार गीत सार्वजनिक भएसँगै आलोचना हुन थालेपछि प्रकाशलाई आफै विवाद सिर्जना गर्ने गरेको आरोप समेत लाग्ने गरेको छ । 

यसपटक पनि प्रकाशले सार्वजनिक गरेको ‘जाले रुमाल फाट्यो’ बोलको गीतको अन्तिममा समावेश एक संवादले चर्को आलोचना भोगिरहेको थियो । गीत सार्वजनिक हुने वित्तिकै सार्वजनिक भएको आलोचनालाई लामो समय चल्न दिने सोचमा यसपटक सपुत देखिएनन् । प्रहरी अफिसर्स बनेकी स्वस्तिमा खड्का र मोडल तथा निर्देशक प्रकाश सपुतविचको एक संवाद आलोचित बन्यो । 

मिडियामा समेत प्रकाशको यो शैलीको चर्को आलोचना हुन थालेको थियो । तर, यसपटक सपुतले उक्त संवाद हटाएका छन् । गीत सार्वजनिक भएको २ दिनमै उनले उक्त संवाद हटाएर विवादलाई लामो समयसम्म लैजान चाहेनन् । 
समीक्षा अधिकारीको स्वरमा समावेश गीतको भिडियोमा स्वस्तिमा खड्का, आँचल शर्मा, गौरव पहारी, विशाल पहारी र प्रकाश सपुतको अभिनय छ । 

गीतले युट्युबमा राम्रो भ्यूज पाइरहेको छ । तर, गीत सार्वजनिक भएसँगै एउटा संवादले यसको सबल पक्षलाई ओझेलमा पारिदिएको छ । गीतको उक्त संवाद युट्युबबाट हटेपनि टिकटकमा भने भाइरल भैसकेको छ ।मेरो फिल्मबाट