काठमाडौंः  फ्राइडे रिलिज अन्तर्गत आजबाट २ नेपाली फिल्म हलमा लागेका छन् । कृषा चौलागाँइको निर्देशनमा तयार भएको फिल्म ‘एँेचो पैँचो’ र सविन अधिकारीको निर्देशनमा बनेको फिल्म ‘गणपति’ आजबाट हलमा लागेका हुन् । 

फिल्म ‘ऐँचो पैँचो’ले सामाजिक र राजनीतिक कथावस्तुलाई उठान गरेको छ । फिल्ममा स्वस्तिमा खड्का, मुकुन भुषाल, वर्षा राउत, सुशिल सिटौला, कोशिश क्षेत्री, राजाराम पौडेल लगायतका कलाकारको मुख्य भूमिका छ । 

फिल्मले समाजमा कसरी राजनीतिले जरा गाडेको छ र यसको प्रभाव सम्पूर्ण देशमा परिरहेको छ भन्ने कथालाई उठान गरेको छ । यस्तै, फिल्म ‘गणपति’मा भने मुकुन भुषाल, मेनुका प्रधान, देबेन्द्र बब्लु लगायतका कलाकारको अभिनय छ । 

यो फिल्मले एउटै मानिसलाई समाजले कसरी फरक रुपमा व्यवहार गर्छ भन्ने कथा उठान गरेको छ । विगत ४ महिनादेखि हलमा देखिएको बक्स अफिस खडेरीलाई यी दुई फिल्मले केही हदसम्म पूर्ती गर्ने विश्वास गरिएको छ ।  तीन दिन लामो बिदाको फाइदा यी दुई फिल्मले उठाउन सक्ने अपेक्षा गरिएको छ ।