इटहरीः

पहिले तीज लाग्दथियो चिज अहिले फरक छ । 

संगीनी खेल्ने आँगनमा हेर तडक र भडक छ  । 

यस्तै यर्थाथ , मौलिक र तीज पर्वको महत्व बोकेको शब्द सहित गीतकार तथा कवि गणेश खड्काको लेखनमा  तयार भएको मैलिक लोक तथा संगिनी भाकाको तीज गीत ‘भदौरे झरी’ सार्वजनिक गरिएको छ । खड्काको गीतमा दुर्गा पराजुलीको संगीतमा गायिका ऋचा काफ्लेको ूस्वर सुन्न सकिन्छ । 

सो तीज गीत ऋण काफ्ले युटुब च्यानलमार्फत् सार्वजनिक भएको हो । हरितालिका तिजका अवसरमा सार्वजनिक गरिएको तीज  गीतले पुरानो मौलिक संगिनी भाकामा मौलिक कथालाई समेट्ने खोजेको छ । यो गीतमा गायिका काफ्लेको स्वर निकै सुमधुर छ । 

समाजका चलनचल्तीमा रहेका ठेट भाषा र भाकामा गाइएको उक्त तिज गीतले विस्तापित हुँदै गरेका मौलिकतालाई पुनर्जीवन दिन खप्पिस गीतकार खड्का रोजगारको शिलशिलामा विदेश बसेपनि नेपाली साहित्य सृजनालाई निरन्तरता दिइरहेका छन् । यो तीज गीतमा पनि उनले नेपाली मौलिक शब्द र हरितालिका पर्वको महत्वलाई सम्झाउने काम गरेका छन् ।

336354766_186227417555753_6419670632650061656_n

गीतकार खड्का

पछिल्लो समय तीज गीतका नाममा अनेक खालका भड्किला शब्द राखेर सुन्न  हेर्न नै नसक्ने खालका भन्दा खड्काले सृजना गरेको  पारिवारिक वातावरणमामा सुन्न र हेर्न मिल्ने तीज गीतमा स्वर दिन पाउँदा आफुलाई ज्यादै खुसी लागेको गायिका ऋचा बताइन । 

भिडियोमा गायिका काफ्ले, देविका श्रेष्ठ, सुरेश कार्की, कृष्ण गेलाल, कृष्ण श्रेष्ठ, ऋषीका अधिकारी लगायतको अभियनय देख्न सकिन्छ । झण्डै १० मिनेटको भिडियो भएपनि हेर्न अल्छी लाग्दो छैन । भिडियो पटक पटक हेर्दा नि धित नमर्ने खालको बनेको छ । म्यूजिक भिडियोको शूरुवातको संवाद सहितको दृश्यले नि तीज पर्वलाई कसरी मौलिक तरिकाले मनाउने भन्ने सन्देश दिन खोजेको छ  । 

गीत लेखन देखि संगीत, एरेन्ज, स्वर र भिडियो निर्माण उत्कृष्ठ छन् । नृत्यमा नागिन डान्स सेन्टरका कलाकारहरुले सहयोग गरेका छन् । 

म्युजिक भिडियोलाई शिरकुमार साम्पाङले निर्देशन तथा सम्पादन गरेका हुन् भने दिनेश राईको छायांकन छ । गीतको एरेन्ज र मिक्सिगं राजु कार्कीले गरेका छन् ।