इटहरीः सुक्रबार(गए राती) इटहरीको पकलीमा भएको सवारी दुर्घटनामा ३ जनाको मृत्यु भएको छ भने एक जनाको अवस्था गम्भीर छ ।
भारतीय नम्बर प्लेटको बोलेरोले राती ११ बजे मोटरसाईकललाई ठक्कर दिदा उनिहरुको मृत्यु भएको हो ।
पुर्वबाट पश्चिम तर्फ गईरहेकाे बाेलेराे पिकअप BR-73 E 9117 र पश्चिमबाट पुर्व गइरहेको माेटसाइकल काे २९ प ३७१२ एक आपसमा जुधेकाे थियाे ।
इलाका प्रहरी कार्यालय पकलीका अनुसार इटहरी उपमहानगरपालिका १६ जब्दीका २७ बर्षका शम्भु चौधरी र २६ बर्षका करण चौधरी र २४ बर्षका अनिमेश चौधरीको मृत्यु भएको हो ।
सोही दुर्घटनामा सोही स्थानका २६ बर्षमा प्रेम चौधरीको अवस्था गम्भीर रहेको छ । प्रेम चौधरीको गोल्डेन अस्पताल विराटनगरमा उपचार भईरहेको छ । उनको अवस्था पनि चिन्ताजनक रहेको प्रहरीले जनाएको छ । ठक्कर दिने भारतीय बोलेरो पिकअपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
मृत्यु हुने र गम्भिर घाईते हुनेहरु एकै गाँउका छिमेकी भएकाले यतिबेला गाँउ नै शोकमा डुबेको स्थानीय पत्रकार निशान प्रकृति थारुले जानकारी दिएका छन् । उनका अनुसार दुर्घटना बारे थप विवरण भने आँउन बाँकी छ ।