इटहरीः आज दिउँसो इटहरीको मुख्य चौंकमा टिफरको ठक्करबाट ज्यान गुमाउने इटहरी ८ गैंसारकी ३९ बर्षीया सरिता चौधरी रहेको खुल्न आएको छ । 

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार आमा छोरी चढेको स्कुटरलाई टिपरले ठक्कर दिँदा इटहरी ८ गैंसार निवासी आमा सरिताको घटनास्थलमै मृत्यु भएको थियो । उनकी २२ बर्षीया छोरी अशुं गम्भिर घाइते भएकी छन् । उनको विराटनरको न्यूरो अस्पतालमा उपचार भईरहेको सुनसरी प्रहरी प्रमुख एसपी प्रभु ढकालले जानकारी दिएका छन् । 

इटहरीको खनारमा भदैनीको घरमा पूजामा जान हिँडेका आमाछोरीलाई इटहरी चोकमा कान्छाराम कन्स्ट्रक्सनको ना १ क ९१०७ नम्बरको टिपरले ठक्कर दिएको थियो।  स्थानीयबासीले ठक्करबाट घाइते भएकी सरितालाई चालकले ब्याक गरेर किचेको आरोप लगाएका छन्। प्रहरीले भने त्यसबारे अनुसन्धानपछि मात्रै केही भन्न सकिने जनाएको छ। 

357716462_6358188467581233_3256103681559414554_n

को १४ प ५२६ नम्बरको स्कुटरमा सवार उनीहरू विराटनगर लाइनतर्फ अघि बढ्ने क्रममा थिए । विराटनगर लाइनतर्फ जान लागेको स्कुटरलाई पूर्व लाइन जाँदै गएको टिपरले ठक्कर दिएर सरिताको ज्यान गएपछि स्थानीयबासीले टिपरमा तोडफोड गरेका थिए । स्थानीयले इटहरीको मुख्यचौंकमा टायर बालेर सडक अवरुद्ध बनाएका थिए । 

टिपर र चालकलाई प्रहरीले जोगाउन खोज्दा सर्वसाधारणले ढुंगामुढासमेत गरेपछि प्रहरीले अश्रुग्यास प्रहार गरेर भीडलाई तितरवितर पारेको थियो । सो क्रममा प्रहरीसंग स्थानीयको झडप भएको थियो । झडपमा क्रममा नेपाल प्रहरीका ६ जना र सशस्त्र प्रहरीका ३ गरी नौ जना सुरक्षाकर्मी घाइते भएको एसपी ढकालले जानकारी दिए ।  टिफर चालक पनि घाइते भएका छन । 

नेपाल प्रहरीले मात्र तनावग्रस्त बनेको इटहरीको मुख्य चौंकलाई शान्त बनाउन नसकेपछि शसस्त्र प्रहरी समेत परिचालन गरिएको थियो । तनावग्रस्त बनेको इटहरी यतिबेला भने साम्य भएको छ । प्रहरीका अनुसार  टिपर चालक सर्लाही ईश्वरपुरका २७ वर्षीय बलबहादुर बम्जनलाई पनि नियन्त्रणमा लिई आवश्यक अनुसन्धान थालिएको छ । 

357726731_6358187710914642_3190873882703153254_n