सुनसरीः कोशीटप्पु बन्यजन्तु आरक्षका निमित्त संरक्षण अधिकृत रमेशकुमार यादवले मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष राजकुमार सिंहलाई समितिको बैठकमा दुब्र्याबहार गरेका छन ।
संरक्षण अधिकृतले बैठकमा सिंहविरुद्ध अविश्वास प्रस्ताव ल्याउन समितिका अन्य सदस्यहरुलाई उकासेका थिए । बैठकमा सिंहले बिना सल्लाह आफूखुसी संरक्षण अधिकृतले विभिन्न समितिहरुलाई अपारदर्शी ढंगले कार्यक्रमहरु बितरण गरेको विषयमा बहस भएको आरोप लगाएका थिए ।
विभिन्न आठवटा उपभोक्ता समितिहरुमा जाने रकमका बिषयमा संरक्षण अधिकृत(वार्डेन) र ब्यावस्थापन समिति अध्यक्ष सिंहबिच मत मतान्तर भएपछि वार्डेनको इसारामा बैठकमा अविश्वास प्रस्ताव दर्ता गर्न खोजिएको थियो । सोही बेलामा अध्यक्ष सिंहले माइन्यूटको फोटो खिच्न लाग्दा वार्डेनले झम्टिएर अध्यक्ष सिंहको हातबाट माइन्यूट खोसेका थिए । वार्डेनको दुब्र्याबहार र गलत नियतका साथ बोलाईएको बैठक प्रति असहमति जनाउदै सिंहले राजीनामा दिएका थिए ।
सिंहले राजीनामा दिएपछि नियम विपरित वार्डेनले आफू अनुकुलका ब्यक्ति जंगबहादुर खड्काको नेतृत्वमा नयाँ समिति बनाएका छन । जबकी अध्यक्षको राजीनामा कस्ले स्वीकृती गर्ने भन्ने मध्यवर्ती क्षेत्र व्यावस्थापन नियमावली २०५२ मा प्रष्ट उल्लेख गरिएको छैन । नियमावलीमा अध्यक्ष लगायतका पदाधिकारीहरु चुन्ने मात्र प्रावधान छ ।
नियमावलीको परिच्छेद ७ को दफा २६ को नियम ५ को उपनियम ३ मा संरक्षण अधिकृतले सह सचिवको हैसियतले अध्यक्षको परामर्शमा बैठक बोलाउन सक्ने नियम भएपनि वार्डेनले एकलौटी बैठक बोलाएका थिए ।
निमित्त संरक्षण अधिकृत यादवले आफूले दुब्र्याबहार नगरेको र सिंहलाई हटाउन कुनै प्रपञ्च नगरेको दावी गरे । तर बैठकमा उस्थित रहेका अन्य सदस्यहरुले भने वार्डेनले सिंहलाई दुब्र्यबहार गरेको उल्लेख गरेका छन ।
मध्यवर्ती क्षेत्रमा सुनसरीतर्फ ३, सप्तरीतर्फ ४ र उदयपुरतर्फ १ गरि आठ वटा उपभोक्ता समितिहरु छन । तीनै उपभोक्ता समितिबाट ५÷५ बर्षमा निर्वाचन भई मध्यवर्ती क्षेत्र व्यावस्थापन समितिको मूल समिति निर्माण हुन्छ । मूल समितिमा अध्यक्ष लगायतका पदाधिकारीहरु निर्वाचनबाट चुनिन्छन भने संरक्षण अधिकृत वार्डेन स्वतः सदस्य सचिव रहने प्रावधान छ ।
बैठकमा सहभागि प्रकाशपुर मध्यवर्ती क्षेत्र उपभोक्ता समिति अध्यक्ष तथा मध्यवर्ती क्षेत्र व्यवास्थापन समिति सदस्य अम्बरबहादुर गुरुङले वार्डेन र अध्यक्ष सिंह विच माइन्यून खोसाखोस भएको बताए । जबकी अध्यक्षले माइन्यूटको फोटो खिच्न टिपोट गर्न वा फोटोकपी गर्न पाउनु पर्ने हो । तर त्यो दिन वार्डेन यादवले सिंहको अधिकार मिचेर माइन्यूट सिंहको हातबाट खोसेर जबरजस्ती लिएर गए ।
गुरुङका अनुसार नियमावलीले मध्यवर्ती क्षेत्र व्यावस्थापन समितिको गठन प्रकृया स्पष्ट गरेपनि अध्यक्षले राजीनामा दिएभने त्यसको स्वीकृती कस्ले गर्ने भन्ने ब्यावस्था नभएको उल्लेख गरे । तर वार्डेनले त्यहि बेला बैठकबाट उदयपुरका उपभोक्त समिति अध्यक्ष जंगबहादुर खड्कालाई अध्यक्ष तोक्न लगाएका हुन जुन नियम सम्मत छैन ।
कोशीटप्पु बन्य जन्तु आरक्षमा संरक्षणको लागि बार्षिक करोडौं रुपैयाँ बजेट आउने गरेको छ । जुन बजेट उपभोक्ता समिति र मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिसंगको समन्वयमा खर्च गर्नुपर्ने हुन्छ भने कतिपय बजेट आरक्षले प्रक्रिया पु¥याएर आफैं खर्च गर्छ । मध्यवर्ती क्षेत्रभित्र पर्ने जंगल, ढलापडा, चौर चरण, खरखडाई, दहत्तर बहत्तरबाट हुने आम्दानी आदीबाट हुने कमाईमा संरक्षण अधिकृतको बढी चासो हुने गरेको छ ।
उपभोक्ता समितिसँग मिलेर संरक्षण अधिकृतले त्यसलाई अबैध कमाइ बनाउने गरेको एक समिति सदस्यले बताए । उनले भने ‘संरक्षण अधिकृतसँग जो नजिक भयो, उसैले सबैभन्दा बढी संरक्षणको क्षेत्रमा काम गर्ने बजेट पाउछ ।’ बजेट निकासा भएपछि कतिपय क्षेत्रमा न्यून काम हुन्छ भने कतिपय क्षेत्रमा कागजमा मात्रै काम हुन्छ बजेटमा मिलिभगत चल्छ ।