धरानः झापाको भद्रपुरकी २२ वर्षीया पूजा श्रेष्ठ ‘नेपाल आइस मिस पूर्वाञ्चल’को नवौं संस्करणको विजेता भएकी छिन् ।
धरान–१५ स्थित होटल ईजी राइडमा शनिबार राती सम्पन्न प्रतियोगितामा अन्य १३ प्रतिस्पर्धीलाई पछि पार्दै पूजाले ताज पहिरेकी हुन् । श्रेष्ठले उपाधिको ताजसहित यामाहा स्कुटर हात पारिन् भने हङकङ भ्रमणको अवसर पनि पाएकी छिन् ।
प्रतियोगितामा धनकुटाकी अलिना क्षेत्री फष्ट रनरअप भइन् भने इटहरीकी तपस्या रणपहेली सेकेण्ड रनरअप भइन् ।
प्रतियोगितामा मिस पब्लिक च्वाइस तथा एन्टिलेक्च्वल दुवैको टाइटल रुसाली केसीले हात पारिन् । मिस ट्यालेण्ट तथा बेष्ट वाकको टाइटल सोनिता दाहाल, मिस फ्रेण्डसिप सलिना राजवंशी, मिस मल्टी मिडिया तथा फोटोजेनिकको टाइटल आकृति आचार्य मिशालले जितिन् । उनीहरूले जनही नगद १५ हजार रुपैयाँ प्राप्त गरे ।
मिस पूर्वाञ्चल २०१८ को फाइनलमा लागि मिस वल्र्ड २०१८ की प्रतिष्पर्धी शृङ्खला खतिवडा पनि उपस्थित थिइन् ।