प्रकाश बन्जारा  

इटहरीः उच्च अदालत विराटनगरले कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव हंशराज वाग्लेलाई तत्काल हटाउने निर्णय कार्यान्वयन नगर्न प्रदेश सरकारलाई आदेश गरेको छ । 

कोशी प्रदेश सरकारको मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले वाग्लेलाई बर्खास्त गर्ने निर्णय गरेको थियो । 

सामाजिक विकास मन्त्रालयसँग समन्वय नगरी काम गरेको भन्दै वाग्लेलाई बर्खास्त गरिएको सरकारको भनाइ छ । वाग्लेले उच्च अदालतमा दिएको निवेदन उपर अल्पकालिन आदेश गर्दै उच्च अदालतले के कारणले कारवाही गर्न नपर्ने हो सो को लिखित जवाफ पठाउन भन्दै कोशी प्रदेश खेलकुद विकास बोर्डको जवाफ समेत माग गरेको छ । ।

342806558_1592463574563525_8138184695900985507_n

वाग्लेलाई दुईपटक स्पष्टीकरण सोधे पनि चित्त बुझ्दो जवाफ नदिएका कारण सामाजिक विकास मन्त्रालयको सिफारिसमा बर्खास्त गर्ने निर्णय गरिएको प्रदेश सामाजिक विकास मन्त्रालयले बताएको छ । 

गत बैशाख १४ गतेदेखि १६ गतेसम्म झापाको दमकमा आयोजित प्रथम मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको ब्यानरमा आयोजकको रुपमा कोशी प्रदेशको नाम उल्लेख नभएको भन्दै उनलाई मन्त्रालयले दुईपटक स्पष्टीकरण सोधेको थियो ।