इनरुवाः नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिन्छु भनि रकम असुलेर भ्रष्टचार गर्नेहरुलाई हदैसम्मको कार्बाहीको माग गर्दै प्रधानमन्त्रीलाई देशव्यापी रुपमा ज्ञापन पत्र बुझाइएको छ । 

जेठ ४ गते नेकपा (एकीकृत समाजवादी)ले देशव्यापी रुपमा प्रमुख जिल्ला अधिकारी मार्फत् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दोषीहरुलाई कडा कार्बाही गर्न माग गर्दै ज्ञापन पत्र बुझाइएको सुनसरीका उप सचिव राजेश भण्डारीले बताए ।

केन्द्रिय नेताहरुको समेत सहभागीतामा गएको नेता तथा कार्यकर्ताहरुको टोलीले सुनसरीमा प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेलाई ज्ञापन पत्र बुझाउ“दै  मोर्चा संगठन प्रमुख तथा नेकपा (एकीकृत समाजवादी)सुनसरीका उपाध्यक्ष रामचन्द्र मटियैतले भने, “विगतका धेरै भ्रष्टचार काण्ड यत्तिकै बीचैमा सामसुम पारिएको हुँदा आम जनताका मनमा कतै यो संगीन मुद्दालाई पनि कमजोर पार्ने काम त भइरहेको छैन भन्ने गम्भीर आशंका जन्मिएको छ । हाम्रो पार्टी यो विषयप्रति धेरै नै संवेदनशील छ र गम्भीरतापूर्वक अध्ययन गरिरहेको छ । कुनै पनि प्रकारको मिलेमतोमा अपराधीहरुलाई उन्मुक्ति दिई जनताको भावना माथि खेलवाड गर्न थालियो भने त्यो देश र जनतामाथि थप कुठाराघात मात्र हुनेछ भनी हामी सरकारलाई सचेत गराउन चाहन्छौं ।”

c1

त्यसैगरी पार्टीका सुनसरी उपसचिव भण्डारीले सरकारलाई खबरदारी गर्दै सुशासनमा सहयोग पु¥याउने भन्दै सुनसरीमा भ्रष्टचार बिरुद्धको अभियानमा सक्रिय भएर लागेको बताए । उपसचिव भण्डारीले भने, “अपराध अनुसन्धानमा खटिएका नेपाल सरकारका सबै  निकायले दृढतापूर्वक अनुसन्धानलाई अगाडि बढाउन तथा अपराधीमाथि मुद्दा दायर गर्ने निकायले मुद्दालाई कमजोर बनाउने काम नगरुन् भन्ने हाम्रो आग्रह छ ।” उपसचिव भण्डारीले भने, “मुद्दालाई कमजोर बनाई सामान्य कसुरको रुपमा परिणत गरी घटनालाई ढाकछोप गर्ने षड्यन्त्र नगरियोस् भनि प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएका छौं । नक्कली भुटानी शरणार्थी काण्ड सम्बन्धी अपराधको सम्पूर्ण सञ्जाललाई कानूनको घेराभित्र ल्याई कडाभन्दा कडा कानूनी सजाय दिन सरकार समक्ष जोडदार माग गर्दर्छौ । भ्रष्टचारमा संलग्नहरु जतिसुकै शक्तिशाली भएपनि कार्बाही हुनुपर्छ ।”

ज्ञापन पत्र बुझ्दै प्रमुख जिल्ला अधिकार हुमकला पाण्डले भनिन्, “यस विषयमा सरकारले सुक्ष्मरुपमा अनुसन्धान गरिरहेको छ र दोषीहरुको पहिचान गरेर कार्बाही अघि बढाईरहेको छ । अझ यसरी ज्ञापन पत्र बुझाएर सरकारलाई थप मद्दत पुगेको छ । प्राप्त भएको ज्ञापन पत्र प्रधानमन्त्री समक्ष तत्कालै पु¥याउनेछु ।”

ज्ञापन पत्र बुझाउन नेकपा (एकीकृत समाजवादी)सुनसरीका अध्यक्ष गोविन्द निरौला, प्रदेश कमिटि सदस्य गौरीमान परियार, जिल्ला सचिव बसन्त सुवेदी लगायतका नेताहरुको सहभागिता रहेको थियो ।