काठमाडौंः संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले पशुपति क्षेत्रको सबै भौतिक तथा चल अचल सम्पतिको लेखाजोखा गर्ने घोषणा गरेका छन् । 

शनिवार पशुपति क्षेत्रमा आयोजित सररफाई तथा वक्षरोपण कार्यक्रममा उनले पशुपतिको सम्पूर्ण सम्पति छानविनका लेखा जोखा गर्न छिट्टै शक्तिशाली सम्पति खोजबिन समिति गठन गर्ने घोषणा गरेका हुन् ।

पशुपति क्षेत्रमा देखिएका भ्रष्टाचार लगायतका विभिन्न सामाग्री हिनामिना भएको देखि भूमाफियाले गरेको जग्जा हिनामिन सम्मको घटनालाई विस्तृतरुपमा व्यवस्थित खोजबिनका लागि छिट्टै खोजबिन समिति बनाएर लाग्ने उनको भनाई छ । 

‘शक्तिशाली छानबिन आयोग म बनाउँछु । पशुपतिको सारा भौतिक सम्पतिहरुलाई लेखाजोखा गर्नको निम्ति र यसलाई खोजबिन गर्नको लागि अब चाडै नै सम्पति खोजबिन समिति बनाउँछु ।’ मन्त्री किँरातीले भने । 

पशुपति क्षेत्रको सबै सम्पतिको व्यवस्थित खोजबिन गर्न समिति बनाउँदा आफ्नै मन्त्री पद गए पनि प्रवाह नगरी काम गर्ने उनको भनाई छ । 

उनले पशुपति क्षेत्रको जग्गा भाडामा लगाउने कुरामा भएको आर्थिक हिनामिनाको कुरादेखि विकास कोषले सटर भाडामा लगाउँन गरेको सम्झौताको समेत समय सापेक्ष पुनरावलोकन गर्ने बताए । 

‘समय सापेक्ष पुनरावलोकन गर्नुपर्छ भनेर नै कतिपय संस्था विभाग र निकायहरुलाई गम्भीर प्रकृतिको राष्ट्र हितमा प्रश्न सहित सोधखोज गरिरहेका छौं ।’ 

उनले पशुपति विकास कोषमा देखिएको दानव प्रवृतिको विरुद्ध सरसफाई अभियान सुरु गरिएको बताए ।