काठमाडौंः संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले साइरन बजाएर हिड्ने मानिसहरु आज मानव तस्करको आरोपमा जेलको छिडीमा पुगेको बताउँदै समय जहिले पनि बलवान हुने उल्लेख गरेका छन् ।
काठमाडौंको टुडिँखेलमा शनिबार थुलुङ राई सामा केन्द्रीय सरोकार समितिले आयोजना गरेको साकेला उभौली कार्यक्रममा मन्त्री राईले नेपालकै सिंगो संस्कृति र सभ्यतालाई धोका दिने गद्धार सन्तानहरुले ईतिहासको कठघराबाट उभिएर उत्तर दिनुपने बताए ।
उनले भने ‘ शक्तिलाई समयले खुमच्याउदै लगिरहेको छ । आज पुषको १० गते गृहमन्त्री भएर साईरन बजाएर हाम्रो सडकमा हिड्ने मानिसहरु नै आज मानव तस्करको आरोपमा जेलको छिडीमा छन । मानव भन्दा समय बलवान छ । यो सारा प्रश्नको जवाफ ईतिहासमा फटाहाहरुले नेपालकै सिङगो संस्कृति र सभ्यतालाई धोका दिने गद्धार सन्तानहरुले ईतिहासको कठघराबाट उत्तर दिनुपर्छ । ’
नेपाल र नेपालीको सबैभन्दा खतरनाक शत्रु भ्रष्टाचार भएको उल्लेख गर्दै मन्त्री राईले भ्रष्टाचारले देशलाई छिया छिया पारेको बताए ।
उनले भने ‘ हामीसँग सँगै आन्दोलनमा कुममा कुम जोडेर हिँडने मानिसहरु त मानव तस्करमा पो लागेछन्, यो देशद्रोह हो, यो हाम्रो लागि सैह्य हुने छैन् । सारा भ्रष्टाचारीलाई एक एक गरेर फाईल खोलेर जेलमा आराम गराउँनुपर्छ बरु यो सरकार तीन दिन तीन महिना टिकोस् तर नेपाली जनतालाई धोका दिनेगरि भ्रष्टाचारीलाई संरक्षण गर्ने होईन्, ठूला फाईल खाल्ने आँट गर्नुपर्छ । ’




















