इटहरीः  सार्वजनिक शौचालय अभाव भएको आलोचना खेप्दै आएको इटहरी उपमहानगरमा सार्वजनिक शौचालय सञ्चालनमा आएको छ ।

आधुनिक सहरी जीवनमा शौचालय प्रतिष्ठाको विषय बने पनि इटहरीको मुख्य चोक आसपासमा शौचालय नहुदा सर्वसाधरण यात्रुहरुले समस्या झेल्दै आएका थिए। बुधबार उपमहानगरको लगानिमा बनेको सार्वजनिक शौचालय खुल्ला गरिएको हो ।  

342261934_1542712336223259_5689452828869519723_n

पुर्वलाइनको बस स्टेण्ड छेउमा निर्माण गरिएको शौचालयले यात्रुहरुलाई सहज हुने इटहरीका मेयर हेमकर्ण पौडेलले बताए । सार्वजनिक शौचालय नभएको भन्दै आलोचना भए पछि आफु निर्वाचित भए पछि शौचालयको काम सुरु गरेको बताए । लगातै एक साता भित्र इटहरीको मुख्य चोकको शौचालय पनि सञ्चालनमा आउने उनको भनाइ थियो । 

दिसापिसाब गर्ने ठाउँ अभावले हैरानी बेहोर्दै आएको इटहरीमा समस्या सामधान हुदै गएको इटहरी ४ का वडा अध्यक्ष भक्त लामाले बताए । सार्वजनिक शौचालय अतिआवश्यक थियो उनले भने ।

इटहरी चोकमा सार्वजनिक शौचालय नहुँदा अन्य सहर तथा गाउँदेखि किनमेलको लागि आउने सर्वसाधारण उपभोक्ताले सास्ती खेप्दै आएका थिए वडा अध्यक्ष लामाले भने ।