इटहरीः निकै हम्मे हम्मेको प्रयास पछि रोशनी राईसँग गफ गर्ने मौका जुर्यो शनिवार । मार्सल आर्टका खेल मध्येको जुडो खेलसँग जोडिएकी रोशनीको दिनचर्या निकै अचम्मको रहेछ । धरानको एप्पल मन्टेश्वरीसँग जोडिएकी रोशनी सुनसरीमा जुडो भन्ने खेल पनि छ है भन्ने चिनाउन रोशनीलाई निकै हम्मे हम्मे परेको छ । 

खेलमा जिवन छैन भन्ने रोशनी आँफै कोशी प्रदेश खेलकुद विकास बोर्डकी सदस्य हुन तर आफु बोर्डको सदस्य नै रहँदै गर्दा समेत जुडोको लागि केही गर्न नसकेकी रोशनी आफ्नो जुडो अभियान अनुशासन र आत्मरक्षाको लागि भएको बताउँछिन् । 

सोसल, स्पोर्टस र फिजिकल प्रशिक्षकको रुपमा काम गर्ने रोशनी सुनसरी जिल्ला जुडो संघकी एक्लि भोलेन्टियर प्रशिक्षक हुन भने सुनसरी जिल्लामा एउटामात्रै डोजोको रुपमा उनले धरानमा सुनसरी जुडो डोजो सञ्चालन गरेकी छन् । विहान देखि विद्यालय समयसम्म एप्पल मन्टेश्वरीमा विताउने रोशनी हरेक दिन साँझ भने धरान स्थित रंगशालामा जान्छिन् । आफ्नो जुडोको विकास गर्ने अभियान अन्तर्गत रंगशालाको एउटा हलमा उनका विद्यार्थीहरु भेला हुन्छन् उनिहरुलाई जुडो प्रशिक्षण दिन्छिन् रोशनी । 

आफैँले सिकाएका विद्यार्थी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि गण्डकी प्रदेशको पोखरा गएर त्यहाँ राम्रो प्रस्तुती दिएर फर्किसकेका छन् त्यतिमात्रै नभएर रोशनीले सिकाएकै खेलाडीहरु साउथ एसियन गेमको लागि छनौट प्रतियोगिताको प्रथम चरण पार गरीसकेका छन् । ‘खेल अनुसासन हो, खेल आत्मरक्षा हो अनि खेल प्रतिरक्षा हो ।’ रोशनीले सुनाइन । 

342286359_1162253187803218_449440332784288322_n

मन्टेश्वरीमा धरानका ७ वटा निजी विद्यालयका नानीहरु जुडो सिक्न आउने गरेका छन् भने रंगशालामा दैनिक २५ जनाले रोशनीसँग जुडो सिक्ने गरेका छन् । जुडोको लागि मात्रै आफ्नो पहल भएको बताउने रोशनी आफ्नो जुडो यात्राको सुरुवाती एकदमै कठोर भएको बताउँछिन् । 

दोस्रो विश्वयुद्धताका जापानबाट सुरु भएको जुडो खेल जापानमा समेत सोखीहरुले मात्रै खेल्ने गरेको जुडोका अभियान्ताहरुको भनाई छ । त्यसो त जुडो कि भनेर चिनिने यसको युनिफर्म समेत त्यत्ति सहजै उपलव्ध हुँदैन त्यसको लागि सिमित कम्पनीले मात्रै उत्पादनको मान्यता पाएका छन् । गुणस्तर हेरेर ५ हजार देखि माथिको मुल्य जुडो खेल्दा लगाइने कपडाको मात्रै पर्ने गरेको रोशनीले हामीलाई सुनाइन । 

इलामकी चेली रोशनीले २०६४ सालतीर काठमाण्डौमा रहँदा रंगशालामै जुडोको प्रशिक्षण लिएकी हुन । जुडोमा व्लाकवेल्ट उनि ५ बर्षदेखि धरानमा जुडो खेल चिनाउन लागि परिन । जुडोले आफुलाई स्वस्थ्य राख्नुका साथै अनुसासनमा राख्ने र धेर्यता र कुलतमुक्त हुन समेत सघाउने भएकाले आफु जुडोमा लागेको रोशनीले सुनाइन । 

खेल स्वास्थ्यका लागि र आत्मरक्षाको लागि खेल्नुपर्ने बताउँदै गर्दा रोशनीले आफ्नो डोजोलाई सहयोग गर्न स्थानीय सरकार र प्रदेश सरकार समेत नगुहारेकी होइनन् तर आशातित सहयोग कहिँबाट मिलेको छैन ।

344302970_910766063584780_6705194463713403030_n