समाजमा नकरात्मकता व्याप्त छ । सकारात्मक कुरा गर्ने सोच सहित हालै इटहरी उपमाहनगरपालिका वडा नम्बर २ मा कार्यालय रहनेगरी अल्टीट्युड क्लव स्थापना भएको छ । शनिवार मात्रै इटहरीको तालतलैयामा क्लवको लोगो अनावरण गरिएको हो । अल्टीट्युड क्लव के हो ?  यसले कसरी काम गर्छ भनेर हामीले क्लबका अध्यक्ष पिताम्बर तिम्सिनासँग कुराकानी गरेका छौँ । प्रदेश पोर्टलका लागि प्रबन्ध सम्पादक प्रेमप्रसाद बास्तोला कार्यकारी सम्पादक प्रकाश बन्जाराले तिम्सिनासँग गरेको कुराकानीको अंश यहाँ प्रस्तुत गरिएको छ । 

अल्टीट्युड क्लब के हो ?

गलत विचारलाई विस्थापित र सहि विचारलाई स्थापित गर्ने उद्धेश्यले अल्टीट्युड क्लवको स्थापित गरिएको हो । कचनादेखि माउन्ट एभरेस्टसम्म यहि प्रदेशमा रहेका छन् । समाजको जिम्मेवारी युवाहरुको काँधमा रहेको छ । दोस्रो पृथक पहिचान कहाँनेर दिन सकेका छौँ भने क्लवहरु छन् । सुनसरीमा मात्रै २ सय जति क्लवहरु छन् । तर उनिहरुको युनिफाइड गर्न यो क्लव स्थापना गरिएको हो । अल्टीट्युड आफैमा एक उचाई हो । हामी यहाँका अन्य क्वलसँग कुराकानी गरिरहेका छौँ । हामी स्थानीय क्लवहरुसँग सहकार्य गरेर खेलका गतिविधि गर्दछौँ । तालतलैया, रामधुनी लगायतका क्षेत्रमा काम गर्नका लागि अल्टीट्युड स्थापना भएको हो । 

अल्टीट्युडले कुन कुन क्षेत्रमा काम गर्छ ?  

हामीले खेलकुदका गतिविधिलाई जोड्छौँ । लोकप्रिय खेलहरु मासमा खेलिने फुटवल, क्रिकेट लगायतका खेलमा हामी जोड्छौँ भने साथै इन्डिभिजुअल मार्सल आर्टका खेलहरुलाइ समेत हामी जोड्छोँ  । प्रदेश एकमा साहसिक खेलहरुको प्रचुर सम्भावनाहरु छन् । ओलम्पिकसम्मको यात्रा तय गर्ने हो भने हामी एड्भान्चर स्पोर्टसबाट मात्रै जान सक्छौँ । तमरबाट राफ्टिङ्गको सम्भावना छ । रक क्लाईम्बिङ्ग, प्याराग्लाइडिङ्ग जस्ता खेलमा पनि प्रचुर सम्भावना छ । स्वास्थ्यका क्षेत्रमा जनचेतनाका का मगर्दछौँ साथै शिक्षाको क्षेत्रमा पनि हामीले का मगर्ने छौँ । सरकारले छुट्टाएको दश प्रतिशत छात्रवृद्धि सबै विद्यार्थीले पाएका छन् कि छैनने त्यो हेर्ने काम पनि हामी गर्दछौँ । वातावरणको क्षेत्रमा पनि हामी काम गर्दछौँ । हामी पलुसनको सिटीको रुपमै अग्रणी नाममा आएका छौँ । हामी जनचेतनाको काम पनि गर्दछौँ । हामी अहिले डेढ सयको संख्यामा छौँ ५ सय भन्दा बढी संख्यामा भएका हाम्रो सदस्यहरुले  लोगोमा भएजस्तै चार पोलभित्र रहेर काम गर्दछौँ । 

342362464_2379919492177867_3747055735666606987_n

तीन तहको सरकारसँग कसरी मिलेर काम गर्दछ कसरी सरकारलाई जिम्मेवार बनाउँछ यो क्लबले ?

सरकार भनेको हामी नै हो । चेतनसिल नागरिक सरकार हो । जनतालाई सुसुचित गराउनका लागि सरकारले जारी गरेका वडापत्रलाई कण्ठ गर्ने पढ्ने का मगर्दछौँ र त्यो गर्नका लागि सहकारी र दवाव मुलक का मगर्दछौँ । पोजेटिभ भाइव्रेसनबाट काम गर्दछौँ । हाम्रा सामाजिक संजालहरुमा नकारात्मक कमेन्ट गदैनौँ । सदस्य साथीहरुले यसमा तयार भएको बताउनु भएको छ । सरकारले त्यस्ता फण्डलाई जनतामा लैजाने माध्यम भेटेको छैन भने हामी चारैवटा पोलबाट तीनै तहको सरकार र नागरिक समाज, उद्योगी व्यापारी र सुरक्षा निकाय साथै संस्थाहरुसँग सहकार्य गर्दै अगाडि बढ्दछौँ । 

इटहरी नै रोज्नुपर्ने कारण चै के हो ?

यो भुमिले मलाई अत्यन्त पहिलादेखि चिनेको हो । स्थायी बासिन्दा भएर स्वामित्व ग्रहण गरेको हो । म अवसरको खोजीमै काठमाण्डौ गएको हो । संगै खेलेको साथी , समकक्षी, संगै खेलेको साथीहरु आफन्त नाता, सबै इटहरीमै भएकार्ले यहाँका युवालाई  युनिफाइड गर्न  इटहरीलाइ केन्द्र बनाएर अल्टीट्युड खोलिएको हो । तर यो इटहरीमा मात्रै सिमित रहँदैन । मेरो अनुभव र पहिचान छ मेरो मात्रै नभएर क्लवका सबै साथीहरु खेल, व्यावसाय र शिक्षाको क्षेत्रमा पहिचान बनाएको साथीहरु हुनुहुन्छ । इटहरी इटहरी होइन । यो इटहरी इटाली हो । जसरी युरोपमा इटाली  महत्वपुर्ण छ त्यस्तै इटहरीलाई बनाउन हामी प्रतिवद्ध छौँ । 

युवाहरु सम्मिलित क्लबका थुप्रै सदस्यलाई व्यावस्थापन गर्न चुनौती हुँदैन ?

भिजनमा स्पस्टता, मिसनमा क्लियर भएपछि फरक पर्दैन । हामी राजनिति कुरा गर्दैनौँ । जव नेगेटिभ कुरा नै गरैर्नौ भने व्यावस्थापन गर्न गाह्रो हुँदैन । हाम्रो मापदण्डहरु छन् । शिक्षा, स्वास्थ्य, वातावरण र खेलको सबै सेक्टरमा जिम्मेवारी दिन्छौँ । त्यसो भयो भने सबै आफ्नो जिम्मेवारीमा व्यस्त हुनुहुन्छ । 

बढ्दो बैदेसिक रोजगारीमा युवालाई जानबाट रोक्ने के योजना छ ?

हामी क्लवको नामाकरणबाट कम्पनीमा जान सक्छौँ । त्यो अवस्थामा गयौँ भने ५ महिनापछि पव्लिक कम्पनीमा गएर पव्लिकलाई सेयर बेच्दै रोजगारी सिर्जनाको बाटोमा पनि लैजान सकिन्छ  । भर्खरै सुरुवात भएको हुनाले धेरै महत्वकाँक्षि योजना घोषणा नगरौँ ।युवाहरुलाई बैदेसिक रोजगारमा जानका लागि सरकारले घोषणा गरेन भने प्राइभेट क्षेत्रबाट हामी सिपमुलक तालिम संचालन गर्दै रोजगारी सिर्जना गछौँ । त्यसको पहल हामीबाट हुन्छ । 

खेलक्षेत्रमा लामो समय विताएको मान्छे खेलमा वर्तमान अवस्था के देख्नुहुन्छ ?

खेल विगत भन्दा परिवर्तीत अवस्थामा गएको छ । हामीले युवा जमातलाई किन अड्याउन सकेका छैनौँ । त्यो राज्यशक्तिले खोज्नुपर्छ । नेशनल खेलाडीहरुलाई सात वटा प्रदेशमा एक एक वटा एकेडेमी सन्चालन गर्नुपर्छ । गोल्डमेडल गरेका खेलाडीहरुलाई परिचालन गर्न सके ७५३ वटै स्थानीय तहमा परिचालन गर्न सके त्यहाँबाट खेलाडी उत्पादन गर्न सकिन्छ । क्षमता भएका खेलाडीहरु गोल्डमेडलिस्टहरुलाई हामीले राख्न सकेका छैनौँ यसमा सरकारले खेलकुद प्रति उपेक्षा गरेको छ ।