काठमाडौंः काठमाडौंको थापागाउँस्थित मण्डला नाटकघरमा अहिले ‘यौटा सपनाको अवसान’को मञ्चन भइरहेको छ । 

चैत १० गतेदेखि नियमित मञ्चन भैरहेको अनुप बरालको निर्देशित नाटक ‘यौटा सपनाको अवसान’ प्रर्दशनको अन्तिम तिर झनै दर्शकको आर्कषण बढ्दै गएको मण्डला थिएटरले जनाएको छ । 

यही वैशाख १० गतेसम्म मात्रै प्रर्दशन गर्ने मिति तोकिएको यो नाटक हेर्न अन्तिम मिति नजिकिदँै गर्दा, हेर्न चाहानेको संख्या दिन दिनै बढ्दै गएको मण्डला थिएटरको समेत व्यवस्थापन सम्हालिरहेका निर्माता गोविन्द पराजुलीले बताए । 

बुधबार अपरान्ह, नाटक सुरु हुुनु अघि उनले भने ‘ नाटकको प्रर्दशनको अन्तिम तिर आउँदा दैनिक दर्शकको संख्या झन् झन् बढ्दै गएको छ । दोहो¥याएर हेर्न आउनेको संख्या पनि धेरै छ । तर्सथ हामी १० गतेसम्म तोकिएको प्रर्दशन मिति २—३ दिन लम्ब्याउने हो कि भन्नेमा छौं ।’ 

‘नाटकमा चलचित्रको जस्तो सहज अवस्था हुदैँन । एकै चोटी धेरै हलहरुमा प्रर्दशन गरेको जस्तो । त्यसैले पनि केही लिमिटेशनहरु छन् ।’ उनले भने ‘यो नाटक हेर्न आउनेहरुको संख्यालाई ध्यानमा राखेर समय बढाउने सोचिरहेका छौ । तर धेरै दिन बढाउन सकिँदैन् । बढीमा दुई तीन दिन हो ।’

अमेरिकी लेखक आर्थर मिलरले ८० वर्षअघि लेखेको विश्वप्रसिद्ध नाटक ‘डेथ अफ अ सेल्सम्यान’ अमेरिकामा मात्रै ७ सय भन्दा धेरै पटक मञ्चन भएको नाटक हो । यही नाटकलाई कवि विप्लव प्रतीकले नेपाली परिवेशमा रूपान्तरण गरेका हुन् । 


यो गरेको नाटकमा एउटा मध्यमवर्गीय मानिसले देख्ने सपनाको आरोह–अवरोहलाई सूक्ष्म ढंगले प्रस्तुत गरिएको छ।  

यो नाटक नेपाली नाटकप्रेमीहरु माझ प्रस्तुत गर्ने योजना भने दुईबर्ष अघि नै बनेको निर्माता पराजुलीले स्मरण गरे । तर विश्वभर चर्चित नाटकको नेपाली रुपान्तरण र प्रस्तुति कम चुनौतिपूर्ण थिएन् । पराजुलीले कवी विप्लव प्रतिक, निर्देशक अनुप बराल, र लामो अनुभव भएका कालकारको प्रयासले यो काम ऐतिहासिक ढंगले सम्पन्न भएको दाबी गरे । 

नाटक हेर्न दर्शकको प्रतिक्रियाबाट आफू प्रशन्न रहेको उनको भनाई छ । 

गो–विन प्रडक्सनले निर्माण गरेको यो नाटकमा न्ह्यु बज्राचार्यले संगीत निर्देशन गरेका छन् नाटकमा दिया मास्के, रोयदिप, दिव्यदेव, विकास जोशी, मेनुका प्रधान, शेखर चापागाईं आदि कलाकारको अभिनय छ।  खुसी छाडेर सुखको पछि लाग्नेहरुको कथा प्रस्तुत गरिएको नाटक हेर्दा हरेकले आफ्नो र परिवारको कथा अनुभव गर्ने कलाकार दिया मास्केको भनाई छ । 

सुरुमा आफूले यो नाटकमा काम गर्नै नचाहेको बताएकी उनले भनिन् ‘ सुरुमा भन्ने हो भने मैले यो प्लेमा काम गर्न चाहेकै थिएन् ।’ अनुपजीलाई तपाईँले काम गर्न सक्नुहुन्छ भन्ने लाग्यो होला भन्ने प्रश्नमा उनले भनिन् ‘सायद होला । त्यो चै अब उहाँलाई सोध्नुपर्छ ।’

341806151_563601952421508_953055380852292017_n

किन हेर्ने यो नाटक ? भन्ने प्रश्नमा उनले भनिन् ‘ त्यो कोइसन नै मलाई त एकदमै अप्ठ्यारो लाग्छ कि यो किन हेर्ने ? किनकी हामीले देखाइरहेका छौँ त्यही भएर हेर्ने । यो एकदमै ठाडो सुनिन्छ । तर अडियन्सको पोइन्ट अफ भ्यूबाट चै जति पनि अडियन्सको प्रतिक्रियाबाट हेर्दा खेरी चैँ तपाईले साच्चिँकै आफ्नै घरमा बसेर आफ्नो समस्या हेरिराख्नु भएको छ । आफ्नो दुख आफ्नो सुख सबै कुरा हेरिराको छ । लामो नाटक छ तर कहीँ तपाईँलाई बोर हुन दिदैँन ।’

उनले अधिकासं दर्शकले नाटकलाई हेरेपछि निक्कै सकरात्मक प्रतिक्रिया दिएको दाबी गरिन् । 

दिव्यदेव, दिया मास्के, मेनुका प्रधान, विजय बराल, विकास जोशी, रोयदिप श्रेष्ठ, शेखर चापागाईंलगायत  कलाकारको अभिनय रहने नाटक यही वैशाख १० गते सम्म चल्नेछ । नेपाल न्यूज बैंक