इटहरीः इटहरी उपमहानगरको फोहोर व्यावस्थापन गर्दै आएको वेष्ट एण्ड इन्भारो म्यानेजमेन्ट प्रालिले सडक सफा राख्नका लागि डस्विनमा फोहर फाल्न आग्रह गरेको छ ।  

 २०७५ साल कात्र्तिकदेखि फोहर उठाउने र सरसफाईको काम गर्दै आएको वेष्ट एण्ड इन्भारो म्यानेजमेन्ट प्रालिले हाल नगरपालिकाले इटहरी चोकदेखि पूर्व पश्चिम र धरान रोडमा डष्विन राख्ने काम गरी रहेको बताउँदै हरेक विहान फोहोर उठाईसकेपछि सडक सफा  राख्नका लागि डस्विनमा फोहोर फालिदिन नगरबासीलाई आग्रह गरेको हो । 

340039260_1363740051025417_2300048221357466463_n

यसमा विशेष गरी वडा नं ६ का वडा अध्यक्ष दिवस पोख्रेल  सक्रियपूर्वक लागेको बताउँदै वेष्ट एण्ड इन्भारो म्यानेजमेन्ट प्रालिले हरेक डष्विनको जिम्मवारी समेत तोकिएको बताएको छ  ।     

    डष्विन राख्दा पनि फोहर जताभावी फल्ने गरेको पाइएमा इटहरी उप–महानगरपालिकाले फोहर मैला व्यवस्थापन ऐन २०६८ बमोजिम कार्वाही हुने तर्फ समेत वेष्ट इन्भारोले नगरबासी तथा बटुवालाई सचेत गराएको छ ।