इटहरीः युनाइटेड अफिस फर डिजास्टर रिक्स रिडुक्सनको आयोजनामा हुन लागेको उर्वान रिसाइलेन्स एण्ड मेकिङ सिटी रिसाइलेन्स सम्बन्धि तालिममा सहभागी हुन इटहरी उपमहानगरपालिकाका मेयर, उपमेयर सहित पाँच जनाको टोली दक्षिण कोरिया जाने भएका छन् ।
आगामी २०८० जेष्ठ १ गतेदेखि जेष्ठ ५ गतेसम्म आयोजना हुने टोट तालिममा सहभागी हुन नगरप्रमुख सहितको टोली कोरिया जाने निर्णय गर्दै नगरकार्यपालिकाले संघीय मामाला तथा सामान्य प्रशासन मन्त्रालयलाई अनुमति तथा सहमतिको लागि अनुरोध गर्ने निर्णय गरेको छ ।
भ्रमण टोलीमा प्रमुख प्रशासकिय अधिकृत रामचरित्र मेहता, पुर्वाधार विज्ञ अर्जुन दाहाल र वातावरण इन्जिनियर युगदिप लुईटेल सहभागी हुने गरी कार्यपालिका बैंठकले सिफारिस गरेको छ ।
नगरपालिकाले अव उप्रान्त वैदेशिक भ्रमणको लागि मनोनयनको अधिकार नगरप्रमुखलाई प्रदान गर्ने भएको छ ।