इटहरीः कोशी प्रदेशको नाम खारेजीको माग सहित आन्दोलनरत मोर्चाका तीन घटकले बिहिबार प्रद्यानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेका छन् ।
किराती राष्ट्रिय मुक्ति मोर्चा नेपालका अध्यक्ष राजन किराँती बासु, आदीबासी जनजाति संयुक्त मोर्चा नेपालका प्रदेश १ का अध्यक्ष प्रेमकुमार लिम्बु दृष्टी र लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चा नेपालका अध्यक्ष मुक्सामहाङ्ग मेन्याङ्गवो मुकेसले ज्ञापन पत्र सहित प्रद्यानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट गरेका हुन ।
प्रदेश १ को नाम कोशी राखिएकै दिनदेखि प्रदेश नम्बर १ अशान्त बनेको भन्दै उनिहरुले आन्दोलनका क्रममा घाइते बनि पछि मृत्यु वरण गरेका पदम लिम्बु लाजेहाङ्गलाई शहिद घोषणा गर्न र मृतकका परिवारलाई क्षतिपुति दिन समेत माग गरेका थिए ।
तीन वटै मोर्चाले प्रद्यानमन्त्रीलाई बुझाएको ज्ञापन पत्रमा समेत आन्दोलनरत पक्षलाई तत्काल वार्तामा बोलाएर समस्याको समाधान गर्न र मृतकका परिवारलाई उचित क्षतिपुर्ती दिँदै दोषी उपर कारबाही गर्न माग गरिएको छ ।
दश बर्षे जनयुद्ध, १९ दिने जनआन्दोलन, मधेश आन्दोलन, आदीबासी जनजाति आन्दोलन लगायतका आन्दोलनको जनादेश विपरित गत फागुन १७ गते छापामार शैलीमा प्रदेशको नामांकरण भएको भन्दै ज्ञापन पत्रमा पहिचान र संघीयताको जननी नेकपा माओवादी केन्द्रका प्रदेश सभा सदस्यहरुले नै कोशी प्रदेश नामांकनको पक्षमा मतदान गरेपछि आज सिंगो पार्टीका नेता , कार्यकता, समर्थक र शुभचिन्तकहरु मर्माहित हुन परेको बताइएको छ ।
पार्टीको तर्फबाट प्रदेश सभामा प्रतिनिधित्व गर्ने प्रदेश सभा सदस्यहरुले १ नम्बर पार्टी कमिटीको इटहरीमा सम्पन्न तेस्रो पुर्ण बैठकले बहुपहिचानमा आधारित नाम राख्न गरेको निर्णय विपरित कोशी प्रदेशमा मतदान गरेपछि पार्टी नेतृत्वमाथि गम्भिर आशंका र अन्यौलताको स्थिती सिर्जना भएको बताउँदै यस्ता अवस्थामा उत्पिडत जनता र पार्टीका बिचको सम्बन्ध मजबुत बनाउन पार्टीको रक्ष ागर्न नेतृत्वले उचित पहल कदमी लिन जरुरी भएको बताइएको छ ।
भेटपछि प्रद्यानमन्त्री प्रचण्डले पहिचानको आन्दोलनका क्रममा मृत्यु भएका पदम लिम्बु उर्फ लाजेहाङ्ग लाई शुक्रबार मन्त्रि परिषदको बैठक बसेर सहिद घोषणा गर्ने र मृतकका परिवारलाई उचित क्षतिपुर्ति प्रदान गर्ने प्रद्यानमन्त्रीको प्रतिवद्धता व्यक्त गरेका छन् ।
‘उहाँले भोली क्याविनेट बैँठक बसेर सहित घोषणा गर्ने , क्षतिपुर्ती दिने र वार्ता र संवादको माध्यमबाट प्रदेश नामांकरणको मुद्धालाई समाधान गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । भेटवार्ता टोलीमा सहभागी लिम्बुवान राष्ट्रिय मोर्चाका अध्यक्ष मुक्सामहाङ्ग म्याङ्गवोले जानकारी दिए ।