इटहरीः प्रदेश नं १ पुनः नामाङ्कन सङ्युक्त सङ्घर्ष समितिले आफ्नो आन्दोलन जारी रहेको भन्दै चैत्र २७ गतेपछि माग पुरा गर्न सरकारपक्षलाई दश दिने अल्टिमेटम दिएका छन् । 

सोमबार एक विज्ञप्ती सार्वजनिक गर्दै पुन नामांकन सयुक्त संघर्ष समितिले चैत्र २६ गते दश दिने अल्टिमेटम चेतावनी पत्र हस्तान्तरण गर्ने लगायतका कार्यक्रम अघि सारेका छन् । उनिहरुले नेपालभरि जारी रहेको एसईई परीक्षालाई ध्यानमा राखेर २०७९ चैत १७ देखि २७ गतेसम्म सङ्घर्ष समितिको वृहत् जनप्रदर्शन, सभा, जुलुस, हड्ताल, तालाबन्दीका आन्दोलनका कार्यक्रमहरु नरहेको बताउँदै आन्दोलनको ३३ औँ दिनमा पुग्दा समेत राज्यको तर्फबाट आन्दोलनलाई वेवास्था गरिएको बताएका छन् । 

 आन्दोलनमा मृत्यु भएका लाजेहाङ लिम्बु (पदम)लाई सहिद घोषणा, क्षतिपूर्ति र दाषीलाई कारवाहीको कुनै परिणाममुखी पहल नभएको बताउँदै उनिहरुले अब निर्णायक आन्दोलनको १० दिने चेतावनी (अल्टिमेटम) पत्रसहितको चैत २७ गतेसम्मको आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेका छन् ।  

338877348_1684381978678130_3756387092181843694_n

 आन्दोलनका कार्यक्रममा चैत्र २६ गते । राज्य निकायका प्रमुखहरुलाई १० दिने चेतावनी (अल्टिमेटम) पत्र दिने । चैत २१ देखि २७ गतेसम्म जिल्ला, गाउँ÷नगर र वडा तहसम्म सङ्घर्ष समिति गठन र जागरण अभियानलाई निरन्तरता दिने, आन्दोलनलाई सशक्त बनाउन सङ्घर्ष समितिको स्वयम्सेवक दस्ता निर्माण गर्ने,  कोशी नाम खारेजी किन ? भन्ने शिर्षकमा २०७९ चैत २० देखि २७ गतेसम्म प्रत्येक दिन बेलुकीको भर्चुअल आमसभा आयोजना गर्ने कार्यक्रम अघि सारिएको छ ।

पहिचानवादीहरुले  प्रदेशको तराई क्षेत्रमा आन्दोलनलाई सशक्त बनाउन समन्वयात्मक अन्तरक्रिया कार्यक्रमहरु सञ्चालन गर्ने, राजनीतिक शक्तिहरुसँग थप सवन्वय प्रारम्भ गर्ने साथै पूर्व घोषित कालो झन्डा रोप्ने, कोशी लेटर प्याड प्रयोग अवरोध, कोशी नाम खारेजी साहित्यिक, सांस्कृत, कलात्मक कार्यक्रम, प्रचार, ८२ सांसद अवरोध तथा वहिष्कार लगायतको निरन्तरता र तिव्रता दिने विज्ञप्ती मार्फत बताएका छन् । 

संयुक्त सङ्घर्ष समितिको पालिका बन्द गर्ने कार्यक्रमको सिलसिलामा २०७९ चैत १७ गते झापा जिल्लाको कमल गाउँपालिका बन्द गर्ने कार्यक्रममा प्रहरी दमनका कारण टाउकोमा चोट लागी घाइने भएका सन्तोष राईको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै प्रहरी दमनको घोर भत्र्सना समते गरेका छन् । 

प्रदेशको कोशी नाम – खारेज गर, ऐतिहासिक पृष्ठभूमि तथा प्राचीन सभ्यतासहित पहिचानको आधारमा प्रदेश नं १ को – पुनः नामकरण गर लगायतका नारा सहित उनिहरु आन्दोलनमा होमिएका हुन ।