इटहरीः गुरुङ साहित्यिक मञ्च नेपालको छैटौं स्थापना दिवस मंगलबार इटहरीमा भव्य कार्यक्रमका विच मनाइने भएको छ ।

पूर्वी नेपालको इटहरीमा नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति भुपाल राईको प्रमुख आतिथ्यतामा यहीँ चैत २१ गते बिहान ११ः३० बजेदेखि ईटहरी–५, आइतबारे स्थित दुर्गा पार्टी प्यालेसमा सम्पन्न हुने भएको हो ।

कार्यक्रमको प्रथम सत्रमा ’भाषा संरक्षणमा हाम्रो दायित्व र चुनौती ’ भन्ने विषयमा वत्ताहरुले बोल्ने कार्यक्रम रहेको छ भने अर्को संस्था चिनारी, वृतचित्र प्रदर्शनी लगायतका कार्यक्रम रहेको आयोजकले बताएका छन् । प्रथम सत्रको कार्यक्रममा केशरमान गुरुङ (नेपाल )चन्द्र गुरुङ (सिक्किम,भारत) र सुरज गुरुङ (सिलगडी)लाई वक्ताका रुपमा राखिएको छ भने सहजकर्ताको रुपमा सुरज गुरुङ (नेपाल)रहेका छन् ।

337660809_615899956597575_5090641158879878043_n

दोस्रो सेसन ’साहित्यमा गुरुङ स्रष्टाको उपस्थिती’ मा चन्द्र गुरुङ (नेपाल)जय गुरुङ (भारत)शीतल कादम्बिनी(काठमाडौं ,नेपाल) वक्ता रहेका छन् भने सम्राट गुरुङले सहजीकरण गर्दैछन् ।

त्यसैगरी मूल समारोह कार्यक्रममा संस्था चिनारी वृतचित्र प्रदर्शन, विमल स्मृति पुस्तकालयका अध्यक्ष तथा संरक्षक पूर्णबहादुर गुरुङलाई सम्मान ,आजीवन सदस्यता तथा धन्यवाद ज्ञापन–प्रमाणपत्र वितरण ,२८ जना स्रष्टाहरुसहितको समावेशी रचना वाचन कार्यक्रमका साथै पुस्तक बिक्री कक्ष पनि राखिने जानकारी मञ्चका अध्यक्ष गौरी तमूले जानकारी दिए ।