विराटचोकः नेकपा एमालेको मिसन ग्रासरुट अभियान अन्तर्गत सुन्दरहरैचा ४ को वडा कमिटीले पार्टी सदस्यहरुलाई क्षमता अभिवृद्धि तथा नेतृत्व विकासका लागि तालिमको आयोजना गर्ने भएको छ ।
शनिबार दुलारीमा बसेको वडाकमिटीको योजना तर्जुमा बैठकले चैत २३ गतेदेखि तीन दिनसम्म तालिम संचालन गर्ने निर्णय गरेको हो ।
उक्त बैठकमा प्रमुख आतिथि नेकपा एमालेका केन्द्रिय विभाग सदस्य बद्री अर्यालले पार्टीका प्रत्येक सदस्यहरुलाई नेतृत्वदायी भुमिका निर्वाह गर्ने उदेश्यका साथ तालिम दिन लागेको बताए ।
तालिमबाट पार्टीका सम्पूर्ण सदस्यहरु स्थानिय संघ संस्थामा समेत अग्रणी भूमिका निर्वाह गर्न सक्ने र बैचारीक रुपमा प्रतिबद्द हुने कुरा बताए । तालिममा पार्टीको सैद्धान्तिक ज्ञानकोबारेमा समेत प्राक्टिकल गराई प्रतिबद्द नेता कार्यकर्ता उत्पादन गराउने कुरा अर्यालले बताए । ४ न वडाका अभियन्तासमेत रहनु भएको अर्यालले अभियानलाई सफल बनाउन खटिनु भएका नगरका सम्मुर्ण नेता कार्यकर्ताले गरेको कामको पार्टीले उच्च मुल्याङ्कन गर्दै र ऐतिहासिक दस्तावेज हुने गरी नगर कमिटीलाई मिसन ग्रासरुट अभियानको गतिविधिको बारेको पुस्तक समेत प्रकाशन गर्न सुझाव दिने बताए ।
बैठकले ४ न।वडाका ११ वटा टोल कमिटी २६ गते भित्र सम्पन्न गर्ने, जेष्ठ नागरिकलगायत विभिन्न विधाका ब्यक्तिहरुलाई सम्मान गरिने भएको छ । यही चैत २७ गते भित्रमा वडा अधिवेशन सम्पन्न गर्ने लागायतका ७ वोटा योजना सहित निर्णयहरु बैठकले गरेको छ ।
वडा कमिटीका अध्यक्ष नारायण श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा पार्टी जिल्ला कमिटी सदस्य अम्बिका दाहाल,,नगर कमिटी सचिव सन्तोष घिमिरे,नगर कमिटी सचिवालय सदस्य तथा वडा इञ्चार्ज शम्भु धमलाले मिसन ग्रासरुट अभियानको बारेमा मन्तब्य राख्नु भएको थियो । वडा कमिटीका सचिव केशव बास्तोलाले कार्यक्रम संचालन गरेका थिए ।