विराटनगरः मोरङ जिल्लाको  रंगेली नगरपालिका २ मा प्रेमी प्रेमीका एउटै रुखमा झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । 

रंगेली नगरपालिकाको वडा नम्बर २ खोरिया टोलको लिच्ची बगानमा प्रेमी–प्रेमिकाको शव झुण्डिएको अवस्थामा फेला परेको हो 

इश्वरी कृर्षी फर्मको लिच्ची बगानम झुण्डिएको अवस्थामा शुक्रबार दिउँसो शव फेला परेपछि स्थानीयले प्रहरीलाई खवर गरेका थिए । 

झुण्डिएको अवस्थामा फेला पर्नेमा रंगेली नगरपालिका २ खोरियाटोल घरका भएका १८ वर्षीया सन्जय उराव र बेलबारी नगरपालिका २ थापा टोलकी १७ वर्षीया ललिता उराव छन् ।  

मृतक ललिता र सन्जय प्रेमी– प्रेमिका हुन् । ललिता एक महिना अगाडिदेखि सञ्जयको घरमा बस्दै आएको बताइएको छ । घटनाको बिषयमा थप अनुसन्धान भइरहेको मोरङ्ग प्रहरीको भनाई छ ।