इटहरीः कोशी प्रदेश नामाकरणको विरोधमा उत्रिएका पहिचानबादी शक्तिहरुले चैत्र २५ गतेपछि निर्णायक आन्दोलन गर्ने चेतावनी दिएका छन् ।  

साविक प्रदेश १ लाई कोशी नाम राखेको विरोधमा नाम खारेजको माग गर्दै आन्दोलनरत प्रदेश नं १ पुनः नामाङ्कन संयुक्त संघर्ष समितिले चैत २५ गतेपछि विराटनगरमा निर्णायक आन्दोलन गर्ने निर्णय गरेको हो । 

विद्यार्थीहरुको एसइई परिक्षा सुरु हुन लागेकाले उक्त परिक्षा अवधिभर आन्दोलनका कार्यक्रम नगर्ने र सो परिक्षा समाप्त हुनासाथ निर्णायक आन्दोलन गर्ने निर्णय बुधबारको जुम बैठकले गरेको छ । 

‘२०७९ चैत १७ देखि २५ गतेसम्म एसईई परीक्षालाई ध्यानमा राखि तालाबन्दी र ठूलो विरोध जुलुस र सभाहरू स्थगीत गर्ने । तर सो समयमा नियमित आन्दोलनका कार्यक्रमहरु जारी राख्ने निर्णय भएको बताइएको छ । 

कोशी नाम खारेजी तथा पुननामाकरणकै आन्दोलनमा एक जनाले ज्याननै गुमाइसकेको भन्दै उनिहरुले अवको आन्दोलन निर्णायक हुने बताएका छन् । 

337911286_2158336374357120_7802907760141199207_n

बैठकले सरकारले सहिद घोषणा र क्षतिपूर्तिको सुनिश्चित नगरेसम्म लाजेहाङको शव पोष्मार्टम गर्न नदिने, उनलाई सहिद घोषणा गर्न सरकारलाई दवाव सिर्जना जारी राख्ने निर्णय पनि गरेको छ । 

चैत २५ अगाडि भने मानवअधिकार आयोग, संयुक्त राष्ट्र संघ, र विदेशी नियोगहरुमा ध्यानाकर्षण गराउने, विभिन्न साहित्यीक कार्यक्रम गर्ने, गाउँ र जिल्ला जागरणका कार्यक्रम गर्ने, सामान्य खालका सांसद अवरोध र बहिष्कार जारी राख्ने र साझा नामको बहस समेत प्रारम्भ गर्ने निर्णय गरेको उनको भनाइ छ । 

यसैगरी नेपाल कम्युनिष्ट पार्टीले पहिचान पक्षधरले गरेको उक्त आन्दोलनप्रति समर्थन गरेको छ । प्रदेश १ को नाम कोशी राखेसँगै यसको विरुद्धमा उत्रिएका आन्लोलनरत पक्षको आन्दोलनमा आफुहरुको समेत एक्यवद्धता रहेको कम्युनिष्ट पार्टीका मेची, उत्तरमेची , सगरमाथा र कोशी व्युरो इन्चार्र्जले बुधबार एक विज्ञप्ती सार्वजनिक गर्दै आन्दोलनमा एक्यवद्धता जनाएको बताएका छन् ।