इटहरीः  झुम्का उद्योग वाणिज्य संघका वर्तमान कार्यसमितीका महासचिव नविन कुमार चौधरी आगामी निर्वाचनमा अध्यक्षको उम्मेद्वार बन्दै चुनावी मैदानमा होमिएका छन् । 

चौधरीले आफ्नो प्यानल सहित सोमबार बिहान एक पत्रकार सम्मेलनको आयोजना गर्दै आफु सम्पुर्ण व्यावसायीको साझा उम्मेद्वार रहेको बताए । 

उद्योग वाणिज्य संघलाई राजनितिक रंङ्ग नदिइकन आफ्नो सबै मिलेको साझा प्यानल बनेको बताउँदै चौधरीले उद्योग वाणिज्य संघको भवन निर्माणको लागि जग्गाको व्यावस्था पहिलो बर्ष गर्ने प्रतिवद्धता गरेका छन् । 

स्थानीय उत्पादनको प्रवद्र्धनका लागि औद्योगिक मेलाको आयोजना गर्ने प्रशाशनिक कार्यलाई पारदर्शी बनाउने , वाणिज्य संघको संस्थागत विकासका लागि जिल्ला प्रदेश र केन्द्रिय तहसँगको आवद्धता सुनिश्चित गर्ने लगायतका प्रतिवद्धता पत्रमा बताइएको छ । 

334899312_104039832645133_2236731468669445728_n


चौधरीले आफुसँग सिनियर साथीहरु उपाध्यक्ष लगायत अन्य पदका लागि उम्मेद्वार बनेकाले टिमसँगै मिलेर कामगर्ने बताए । नविनको प्यानलमा डिल्लीराम गुरागाई प्रथम उपाध्यक्षको लागि रोहित सुव्वा द्धितीय उपाध्यक्षको लागि प्रकाश बन्धु बस्नेत महासचिवको लागि साथै लोकनाथ गेलाल वाणिज्य सचिव तथा सृजना भट्टराई उद्योग सचिवको लागि उम्मेद्वार बनेका छन् । 

यस्तै हरि कुमार कार्की प्रचार सचिव , रमेश चौधरी कोषाध्यक्षको उम्मेद्वार बनेका छन् भने सदस्यका उम्मेद्वारहरुमा जिवन थापा मगर, नोवेल चौधरी, मिथलेस कुमार विक, रोशन घिमिरे, लेखनाथ खतिवडा, सागर पंचरिया र शंकर साह रहेका छन् । 

यता उद्योग वाणिज्य संघ झुम्कामा केही मतदाताहरु झुम्काका व्यावसायी नभई इटहरी र इनरुवाका व्यावसायीको नाम लिष्ट रहेको भन्दै विवाद सुरु भएको छ । व्यावसायीहरुले विशुद्ध व्यावसायीहरुको संस्थामा अन्यत्रका व्यावसायीलाई भोटको लागि ल्याएर उद्योग वाणिज्य संघलाई राजनितिक थलो बनाउन खोजेको भन्दै विरोध गरेका छन् । तर अध्यक्ष उम्मेद्वार बनेका नविन चौधरीले भने विधान सम्मत सदस्य बनेकाले अहिले बखेडा झिकेर चुनाव रोक्ने खेलमा केही साथीहरु सक्रिय भएको दावी गरेका छन ।

337684253_474221221501674_7608624741489204009_n