इटहरीः इन्टरनेट सेवा प्रदायक कम्पनी वाईफाइ नेपालले आफ्नो सेवा कोशी प्रदेशको इटहरी र धरानमा पनि सुरु गरेको छ । 

शनिवार इटहरीमा पत्रकार सम्मेलनको आयोजना गर्दै वाईफाइ नेपालका प्रमुख कार्यकारी अधिकृत सत्रुहन पन्जियारले शनिवारबाटै सुनसरीका धरान र इटहरी उपमहानगरभरी सेवा लिन सकिने बताए । 

२०७८ साउनमा काठमाण्डौबाट सेवा सुरुवात गरेको वाईफाइ नेपालले पोखरा र दमौलीमा सेवा सुरु गरिसकेको छ भने चाँडै कोशी प्रदेशको विराटनगर , बिर्तामोड र दमकमा पनि सुरुवात गर्ने तयारी भइरहेको बताएको छ । 

334880354_545626134345434_1283476256501424591_n

आवसिय प्रयोजनको लागि ५० एमविपिएस र ८० एमविपिएसको प्याकेज इन्टरनेट सेवा प्रदान गरिरहेको वाईफाइ नेपालले प्रतिमहिना ३३० र ५०० रुपैँयामै इन्टरनेट सेवा प्रदान गर्ने बताएको छ ।

सुरुमा सेवा लिन चाहाने ग्राहकले ५हजार ५ सयमा ५० र ७ हजार ५ सयमा ८० एमविपिएसको इन्टरनेट सेवा बर्षभरी लिन सकिने बताएको छ । पत्रकार सम्मेलनमा कम्पनीका अधिकृत सुशिल पौडेल र इटहरी प्रमुख राज पौडेलको समेत उपस्थिती रहेको थियो ।

337684253_474221221501674_7608624741489204009_n