इटहरीः जिल्ला प्रशासन कार्यलय सुनसरीले सोमबारबाट लागुहुने गरी राहदानी आवेदनका लागि आउने सेवा ग्राहीलाई निःशुल्क फाराम भरिदिने कार्य सुरु गरेको छ । 

एक सुचना गारी गर्दै जिल्ला प्रशासन कार्यलय सुनसरीले दैनिक १२० जना सेवाग्राहीलाई  विहान ९ बजेदेखि सेवा दिने बताएको हो । 

आइतबारसम्म स्थगीत गरिएको राहदानीको अनलाईन आवेदन सोमबारबाट सुरु भएसँगै सेवाग्राहीको चाप बढेपछि प्रशासनले आफैँ कार्यालयबाट निःशुल्क अनलाईन आवेदन भरीदिने सेवा सुरु गरेको प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले हस्ताक्षर गरेको सुचनामा बताइएको छ । हाललाई दैनिक १२० जना र सेवाग्राहीको चापलाई मध्येनजर गर्दै कोटा थप गर्दै लैजाने समेत बताइएको छ ।