इटहरीः इटहरीमा जारी इटहरी गोल्डकप प्रतियोगिताको तेस्रो क्वाटर फाइनल खेलमा काठमाण्डौको मछिन्द्र फुटबल क्लबका क्याप्टेन अफिज ओलावा जम्किँदा सहजै सेमिफाइनलमा प्रवेश गरेको छ । 

आंशिक बर्षाको समयमा भएको खेलमा मछिन्द्र फुटबल क्लब काठमाण्डौका क्याप्टेन अफिज ओलावा एक्लैले ४ गोल गरेका थिए  । मछिन्द्रले २ को विरुद्ध ५ गोल गर्दै सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको छ । खेलको पहिलो हाफमा कञ्चनजङ्गा फुटबल क्लब भारतको तर्फबाट एक गोल भएको थियो भने मछिन्द्रले पनि एक गोलको बराबरीमा खेल रोकेको थियो । 

पहिलो हाफ पछि मछिन्द्रका क्याप्जेटन अफिलले लगातार ३ गोल गर्न सफल भएका थिए भने थप एक गोल जर्सी नम्बर १३ का विजय भुजेलले गरेका थिए । कञ्चनजङ्गाको तर्फबाट २ गोल जर्सी नम्बर ११ का अनिस राईले गरेका थिए । 

336103134_226419469867935_204315902411624148_n

सोमबारको यो तेस्रो क्वाटर फाइनल खेलसँगै कञ्चनजङ्गा फुटबल क्लब घर फर्किएको छ । खेलको म्यान अफ द म्याच मछिन्द्र फुटबल क्लबका क्याप्टेन अफिल घोषित भए । उनलाई दश हजारको चेक र मेडल उद्योग वाणिज्य संघ इटहरीका उपाध्यक्ष बिष्णुनारायण डाँगीले हस्तान्तरण गरेका  थिए ।

क्यामरोन र भारत सहित ८ टिम सहभागी भएको इटहरी गोल्डकपमा विजयी टिमले १० लाख रुपैँया नगद पुरस्कार पाउने छन् भने उप विजेताले ५ लाख पाउने छन् । कन्ट्रोल लुब्रिकेन्टले मुख्य प्रायोजन गरेको गोल्डकपमा भोली मंगलबारको खेल रोलिगं क्लव झापा र त्रिभुवन आर्मी क्लव बिच हुने आयोजक राष्ट्रिय जागृति क्लब इटहरीका प्रतियोगिता संयोजक अनुरोध थापाले जानकारी दिएका छन् ।