सुनसरीः सुनसरीको इटहरी उप(महानगरपालिका४ स्थितबाट प्रतिबन्धित लागू औषध गाँजा सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा इटहरी ५ का भीम तामाङ र बेलका नगरपालिका ४ उदयपुरका सुमन नेपाली रहेका छन । बिहिवार राती इटहरी ४ स्थित सार्वजनिक बाटोमा गाँजा खरिद बिक्री भईरहेको भन्ने बिशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरी टोलीले  उनिहरुलाई पक्राउ गरेको हो । 

प्रहरीका अनुसार उक्त स्थानमा शंकास्पद अवस्थामा प्रदेश १–०२–०४७ प ११५४ नम्बरको मोटरसाईकलमा सवार रहेका उनिहरुले बोकेको झोला चेक जाँच गर्ने क्रममा ९ सय ३० ग्राम गाँजा बरामद गरेको हो । 

लागू औषध गाँजा सहित पक्राउ परेका उनिहरुको सम्मानित सुनसरी जिल्ला अदालतबाट लागू औषध नियन्त्रण ऐन २०३३ बमोजिम  म्याद थप गरी इलाका प्रहरी कार्यालय इटहरीले थप अनुसन्धान प्रकृया अगाडि बढाएको छ  ।