इटहरीः इटहरी उपमहानगर पालिका वडा नम्बर २ र ३ को बिचमा रहेको आन्तरिक पर्यटन स्थल तालतलैयालाई इटहरीको स्थानीय सरकार मातहत ल्याउने प्रक्रिया उपमहानगरले सुरु गरेको छ ।

वन उपभोक्ता समिती मातहत रहेको तालतलैयालाई इटहरी सरकार मातहत ल्याई सञ्चालन तथा व्यवस्थापन गर्न संघीय सरकार तथा सम्बन्धित निकायलाई अनुरोध गर्ने उपमहानगरको हालै बसेको कार्यपालिका बैठकले निस्कर्ष निकालेको छ । 

34482962_384368028749549_2583070688470368256_n

तालतलैयामा केही समय पहिले व्यवस्थापनकै विषयमा लफडा भएपछि उपमहानगरले आफु मातहत ल्याउने प्रयास थालेको हो । 

स्थानीय सरकार मातहल ल्याई त्यसको संचालन व्यवस्थापन , संरक्षण र सम्बर्दन गर्नका लागि ५ सदस्यीय कार्यदल समेत गठन गरिएको छ । 

कार्यदलमा इटहरी उपमहानगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष माधव कोइराला संयोजक छन् भने वडा नम्बर ३ का वडा अध्यक्ष उमेश सुवेदी सहसंयोजक र वडा नम्बर १ र ६ का वडा अध्यक्षहरु क्रमश रतन कार्की, दिवस पोखरेल र कार्यपालिका सदस्य भिमा देवी राई सदस्य रहेका छन् । कार्यदलले अध्ययन गरी प्रतिवेदन पेश गर्ने र उक्त प्रतिवेदनको आधारमा उपमहानगरले ठोस निर्णय लिने कार्यपालिका वैठकले निर्णय गरेको छ ।

285364664_1007576786794531_3852892097666692059_n