इटहरीः इटहरी सरकारले सरकारी कर्मचारी र जनप्रतिनिधीहरुलाई उत्पन्न हुने तनाव व्यवस्थापन गर्ने तालिम राखेको छ । कर्मचारी र जनप्रतिनिधीहरुलाई तनाव व्यवस्थापन गर्न सिकाउने उद्देश्यले तालिम सञ्चालन गरेको हो । 

   तनावपूर्ण वातावरणले कर्मचारीको निर्णय क्षमतामा असर नपरोस भन्ने उद्देश्यले तालिमको आयोजना गरिएको इटहरीका मेयर हेमकर्ण पौडेलले बताए । ‘कर्मचारीलाई सदाचारी पेसागत जीवन बिताउनका लागि प्रेरित गर्न र कर्तव्यप्रति प्रतिबद्ध गराउन तालिम राखिएको हो’–मेयर पौडेलले भने । 

 कर्मचारी र जनप्रतिनिधीहरुलाई तनाव ब्यवस्थापनको तालिम राखेका छौ यो सम्भवत नेपालकै पहिलो हुनु पर्छ मेयर पौडेल भन्छन् । कर्मचारीहरु र जनप्रतिनिधीहरुमा अत्यधिक थकान, काममा नियमित अनुपस्थिति, काम गर्नै मन नलाग्ने, कार्यक्षेत्रमा झगडा, उत्प्रेरणाको अभाव, आत्मबलमा कमी जस्ता समस्या देखे पछि तनाव व्यवस्थापनको तालिम राखिएको वताए । 

image_50742785

   जनताको सीधा सम्पर्कमा रहने इटहरी उपमहानगरपालिकाका कर्मचारीलाई जनसम्पर्क प्रभावकारी बनाउने तरिका सिकाईएको थियो । कार्यालयमा उत्पन्न हुन सक्ने द्वन्द्व र त्यसको व्यवस्थापनका लागि तरिका पनि सिकाईयो । तालिममा उपमेयर संगिता चौधरी,प्रमुख प्रशासकिय अधिकृत रामचरित्र मेहेता ,वडाध्यक्ष सहित कर्मचारीहरुलाई तालिम दिईएको थियो । 

 जीवन विज्ञान प्रतिष्ठान कोशी प्रदेश समितिको सहकार्यमा भएको तालिम कार्यक्रममा जीवन विकास विशेषज्ञ रमेश नेपाल तनावको व्यवस्थापन कसरी गर्ने भन्ने तरिका र ज्ञान तालिम सिकाईएको थियो । विशेषज्ञ नेपालले  मानिसको स्वास्थ्य फगत शरिरसँग मात्रै जोडिएको नहुने बताउछन्  । उनी भन्छन्–‘मानिस पूर्णरुपमा स्वस्थ हुनको लागि शारीरिकसाथै मानसिक र सामाजिकरुपमा समेत समस्यामुक्त हुनुपर्छ ।’ 

शारीरिकसँगै मानसिकरुपमा स्वस्थ व्यक्तिले आफ्नो क्षमताको अधिकतम उपयोग गर्न सक्छ । चूनौतीहरुलाई सहजै सामना गर्न सक्छ । सृजनात्मक एवं उत्पादनमूलक काम गर्न प्रेरित बन्न सक्ने जीवन विकासका विशेषज्ञ नेपालको भनाई थियो । 

image_50754817