इटहरीः देशभरका २९३ स्थानीय तहमध्ये आर्थिक विकास क्षेत्रमा उत्कृष्ट सुचक प्रदर्शन गरेको भन्दै सूर्योदय नगरपालिकालाई पुरस्कृत गरिएको छ । 

नेपाल नगरपालिका संघले सोमबार संघीय राजधानी काठमाडौंमा आयोजना गरेको एक समारोहमा प्रद्यानमन्त्री पुष्पकमल दाहालले सुर्योदय नगरपालिकाका प्रमुख रणबहादुर राईलाई उक्त पुरस्कार तथा प्रमाणपत्र हस्तान्तरण गरेका थिए । चालु आर्थिक बर्षमा देशभर रहेका २९३ नगरपालिका मध्ये सुर्योदयले उत्कृष्ट हुँदै ‘म्युनिसिपल एक्सिलेन्स’ अवार्ड पाएको हो । 

आफ्नो पुरस्कार ग्रहण गर्दै सूर्योदय नगरपालिकाले आफ्नो सबै क्षेत्रहरूलाई परिष्कृत गर्दै चौतर्फी विकासको मार्गमा अघि बढेको नगर प्रमुख राईले प्रतिक्रिय दिएका छन । 

‘आर्थिक रचना र प्रणालीले मानिसको विधिपद्धति र मानव सम्वन्धमा परिवर्तन ल्याउन सक्छ। सूर्योदय नगरपालिकाले पनि आर्थिक रचना र प्रणालीलाई आफ्नो कार्यप्रवीणता ठानेको छ। आफ्नो विकासको अवधारणा भनेको छ। परिवर्तनको अनुभूति गर्न समयको प्रतिक्षा गर्नुपर्छ तर सूर्योदयको मार्ग स्पष्ट छ। स्पष्ट चित्रहरू देखिन थालेका छन्।’ नगरप्रमुख रणबहादुर राईले अवार्ड पाएपछि भनेका छन् । 

सुर्योदयन गरपालिका स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन मा हालसम्मको प्रथम र पालिकाहरूमध्ये दोस्रो र कार्यसम्पादनमा पनि राम्रो रहेको बताइएको छ ।  

सूर्योदय नगरपालिकाले सार्वजनिक सेवाहरूलाई सुदृढीकरण गर्दै आधुनिक प्रशासनलाई जनउत्तरदायित्व, नैतिकतापूर्ण , कार्यप्रवीणता बनाउन स्पष्ट दृष्टिकोण तयार गरेको छ।

र जनताको गुनासो सुन्न “ गुनासो चौतारी “ बडा–बडामा प्रारम्भ गरेको छ भने  सार्वजनिक सुनुवाई  समेत समय समयमा गर्दै आएको छ। 

नगरवासीको चाहना र ईच्छालाई अघिकतम् सम्वोधन गर्न र सघन अन्तरसम्वन्ध मार्फत विकास गर्न यस्ता धेरै भन्दा धेरै सुझापका औजारहरू समेतको व्यवस्था गरेको बताउँदै नगरप्रमुख राईले उकृष्ट नगरपालिका बनाउन भूमिका खेल्ने मेरो जनप्रतिनिधि टीम, प्रमुख प्रशासकीय अधिकृत लयायत सम्पूर्ण कर्मचारी टीम, टोल विकास संस्थाहरू, सम्पूर्ण सरोकारवालाहरूप्रति हार्दिक आभार  प्रकट गरेका छन् ।