इटहरीः संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री सुदन किरातीले पर्यटन क्षेत्रमा ब्रम्हलुट हुने गरेको बताएका छन् । 

कोशी प्रदेशको इटहरीमा कार्यकर्ताहरुलाई आइतबार सम्बोधन गर्दै मन्त्री किरातीले धार्मिक पर्यटनसँग जोडिएको पशुपति आर्यघाटमा समेत एउटा लाशको लागि बेचिएको माला उठाउँदै १२ वटा सम्म लाशलाई त्यहि एउटै माला बेचिने गरेको बताए । ‘एउटा मालालाई ३ सय रुपैँया लिएर बेचिँदो रहेछ फेरी त्यहि माला उठाएर अर्को मालालाई समेत बेचिँदो रहेछ हुँदा हुँदा १२ वटा लाशलाई सम्म एउटै माला बेच्ने गरिँदो रहेछ ।’ मन्त्री किरातीले भने । 

पर्यटनको क्षेत्रमा व्यापक भ्रष्टाचार हुने गरेको बताउँदै मन्त्री किरातीले धार्मिक पर्यटनको लागि धार्मिक भनेर चिनिने पण्डितले समेत अघि मरेको लाशलाई समेत त्यहि पिण्ड र अर्को लाशको लागि समेत त्यहि पिण्डले काम चलाउने गरेको बताए । 

पर्यटन मन्त्रालय सबैभन्दा बढि भ्रष्टाचार हुने र नांगे जोगी देखि लिएर सबैभन्दा ठुलो सेलिब्रेटी र नागा देखि लिएर देशकै सबै भन्दा धनी मान्छे समेत पर्यटन क्षेत्रमै रहेको बताउँदै मन्त्री किरातीले पर्यटन क्षेत्रको सुधारका लागि निकै चुनौती रहेको र त्यसका लागि आफुले काम गरिरहेको समेत सुनाए । 

केन्द्रिय सदस्य देखि लिएर नगरकमिटीका पदाधिकारी सम्मिलित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै मन्त्रीले चारौँ तहदेखि लिएर निगममा काम गर्ने नेपाल बायु सेवा निगमका कर्मचारीलाई उपहार दिने भन्दै खोज्दा घर नहुने त कोहि पनि नभेटिएको यथार्थ समेत प्रस्तुत गरे । 

देशमा उड्ने जहाज ४२ बर्ष ल्याइएका जहाज रहेको बताउँदै उनले  चाइनाबाट ल्याएको ४ वटा जहाज ग्राउण्डेड भएको र बर्षेनी बीमा गरेर राख्नुपरेको  बताउँदै चल्दै गरेका  २ वटा ह्वाइट वडी र २ वटा न्यारो बडी रहेपनि  डिले गर्ने र कमिसन खाने कर्मचारीको निगममा भिड रहेको बताए ।

 निगमको अहिले  ४८ अर्व ऋण  भएको बताउँदै उनले पश्चिमा देशले नेपालको आकाशलाई कालो सुचिमा राखेका कारण पनि हवाई सेवामा विस्तार हुन नसकेको बताए ।