इटहरीः प्रदेश एककै पहिलो पटक डोम प्रविधि भित्राएर एक्स्पो संचालन गरेको सुनसरी उद्योग वाणिज्य संघले आयोजना गरेको धरान एक्स्पो २०७९ मा सोचे जस्तो व्यापार नभएको गुनासो स्टल धनीहरुले गरेका छन् । 

पहिला आयोजना हुने एक्स्पोहरु भन्दा फरक ढंगले एक्स्पो आयोजना गरेको आयोजकले दावी गरेता पनि बजारमा बिभिन्न प्रकारका हल्लाहरु फैलिएको प्रवेश शुल्क लिएको जस्ता अफवाहहरुले पर्यवेक्षकहरु सोचेअनुरुप नआएको एभरेस्ट नर्सरीबाट एक्स्पोमा आएको मिलन तामाङ्ग बताउँछन् । 

धरान एक्स्पोमा पाकिस्तानमा निर्माण भएका छालाका उत्पादन देखि लिएर बंगलादेशमा उत्पादन भएका गार्मेन्टका सामान साथै अर्गानिक उत्पादनहरु मह, बेसार, स्टेवरी, अल्लोका कपडा, तेह्रथुमे ढाकाका कपडा साथै ताप्लेजुगं पाँचथरबाट आएका बिभिन्न घरयासी उत्पादनहरु देख्न पाइन्छ । 

स्वास्थ्यको समेत स्टल राखेको सुनसरी उद्योग वाणिज्य संघले डायटिसियन नै राखेर भिजिटरलाई आफुसँग भएको बोसोको मात्रा चेक गरीदिने व्यावस्था समेत गरेको छ । 

एक्स्पोमा एलो कम्पनीको अचारका उत्पादन साथै किवीबाट बनेको जुस, अचार तथा वाइन र तीन पाने रक्सि समेत राखिएको छ । 

धरान एक्स्पोले स्थानीय उत्पादनको प्रवद्र्धन समेत गर्ने र एक्स्पोको पाँचौ दिन सम्म आइपुग्दा सोचेभन्दा बढी पर्यवेक्षकहरु एक्स्पोमा आइरहेको आयोजक सुनसरी उद्योग वाणिज्य संघका प्रतिनिधि एंव स्टल व्यवस्थापन संयोजक विष्णु बराल बताउँछन् । 

पहिलो भन्दा फरक बनाउनका लागि धरान एक्स्पोमा होटलहरुको संख्या घटाएको र अरु बिभिन्न रैथाने उत्पादन र लोकल बजारमा भएको उत्पादनलाई सगेटेर राखिएको बरालले बताए । उनले एक्स्पोको पाँचौ दिन सम्म आइपुग्दा सोचेभन्दा बढी परिवेक्षकहरु आइसकेको र अझै परिवेक्षकहरु थपिने दावी समेत गरे । 

धरानमा यतिवेलै सुरु भएको बुढासुव्वा गोल्डकप र एक्स्पो एकै साथ हुँदा एक अर्कोका लागि आएका दर्शक तथा भिजिटरहरु पनि दुवै तिरको मज्जा लिएर फर्किने बरालको भनाई छ । 

धेरै भन्दा धेरै दर्शक बटुल्ने लक्ष्य लिएको सुनसरीउद्योग बाणिज्य सघले एक्स्पोमा आउन बिभन्न स्थानबाट निःशुल्क बस सेवा नै सन्चालन गरेको छ । टिकट महंगो भएको गुनासो आएपछि दिउँसो २ बजेसम्म प्रवेश निशुल्क गरिएको छ भने साँझ ५ बजेसम्म प्रतिव्यत्तिः ५० रुपैँया र राष्टिय स्तरको कलाकार आएको खण्डमा २ सय रुपैँया प्रवेश शुल्क तोकिएको छ । फागुन ११ गतेबाट सन्चालन भएको एक्पो फागुन २० गते सम्म चल्ने छ । एक्स्पोमा १० करोडको कारोबार हुने आयोजकले अपेक्षा गरेका छन् ।