प्रकाश बन्जारा 
इटहरीः रामधुनी नगरप्यावसनले आयोजना गरेको स्पोर्टस मिट अन्तर्गतको फुटवल तर्फको फाइनल खेलमा रामधुनीको एलईएस अर्थात पिंक लोटस बोर्डिग स्कुल र राइजिगं स्टार इंग्लिस स्कुलले जित हासिल गरेका छन् ।
एक हप्तासम्म चलेको स्पोर्टस मिटको अन्तिम दिन सोमबार भएको फुटवल तर्फको फाइनल खेलमा १५ बर्ष मुनिको उपाधि एलईएस स्कुलले जितेको हो भने १२ बर्ष मुनिको फुटबल प्रतियोगिताको उपाधि राईजिगं स्टार बोडिंगं स्कुलले जितेको छ ।
दुवै प्रतिस्पर्धामा रामधुनी ७ मा रहेको पन्चायन विद्या मन्दिरको टिमले भने दोस्रो बरियतामै चित्त बुझाएको छ । अण्डर १५ तर्फ एउटा खेल जितेरै फाइनलमा पुगेको पन्चायन विद्या मन्दिरले फाइनलमा एलईएसलाई जित्न नसक्दा उप विजेतामा सिमित बनेको हो ।
यता अण्डर १२ तर्फ पनि राईजिगं स्टारले ० को विरुद्ध १ गोल गर्दै पन्चायनलाई पछि पारेको थियो । दुवै विद्यामा फाइनल पुगेको पन्चायनले दुवैमा उपविजेतामा चित्त बुझाएको छ । अण्डर १२ तर्फको तेस्रो स्थान रामधुनीको नाइटिंगल एकेडेमीले जितेको थियो भने अण्डर १५ को तर्फको तेस्रो स्थान राइजिगं स्टार इंग्लिस स्कुलले जितेको थियो ।
खेलकुद सप्ताहमा फुटबलतर्फ प्रथम द्धितीय र तृतीय स्थान हासिल गर्ने खेलाडीलाई मेडल, प्रमाण पत्र र सिल्ड प्रमुख अतिथी , विशिष्ट अतीथी र अतिथीहरुले प्रदान गरेका थिए ।

यसैबिच प्यावसन रामधुनीले एक हप्ता सम्म सन्चालन गरेको स्पोर्टस मिट कार्यक्रमको सोमबार एक कार्यक्रमका बिच समापन गरिएको छ । रामधुनी प्यावसनका अध्यक्ष अच्युत ढकालको सभापतित्वमा भएको कार्यक्रमको प्रमुख आतिथ्यता रामधुनी नगरपालिकाका मेयर शंकरलाल चौधरी र विशेष अतिथीको रुपमा उपमेयर तारा थापा, इलाका प्रहरी कार्यलय पकलीका प्रहरी निरिक्षक गजेन्द्र रायमाझी, खेलकुद महासंघ रामधुनीका अध्यक्ष पुष्प कार्की, वडा नम्बर ३ का वडा अध्यक्ष बुधनारायण चौधरी, वडा नम्बर ७ का अध्यक्ष संजयसिह राजधामी, लगायत प्यावसनका विभिन्न ओहदाका पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।
बिभिन्न चुनौतिका बाबजुत एक हप्ते स्पोर्टस मिट इभेन्टको सफलता पुर्वक समापन गरिएको र विद्यालय र विद्यार्थीका लागि राम्रो उपलव्धी बनेको रामधुनी प्यावसनका अध्यक्ष अच्युत ढकाल बताउँछन् । फुटवल तर्फको कार्यक्रमका संयोजक हरि रायमाझी भने फुटवलमा विद्यार्थीले देखाएको चासो र सरोकारबालाको हौसलाका कारण सफलता पुर्वक कार्यक्रम सम्पन्न गर्न सफल भएको र आगामी दिनमा अझ परिस्कृत बनाँउँदै अघि बढ्ने बताउँछन् ।
खेलकुद सप्ताह समापनकै अवसर पारेर रामधुनी प्यावसनले खेलकुदका क्षेत्रमा सहयोग गर्ने भारतीय सेनाका पुर्व क्याप्टेन मिठुराज अधिकारी र उनका पितालाई सम्मान गरेको थियो । कार्यक्रम रामधुनी प्यावसनका सह सचिव विकास विष्टले सन्चालन गरेका थिए ।

 
                     
         
         
                            
                                                             
        




















 
         
         
         
         
         
         
        